Techie IT
बुधबार, जेठ १,२०८२

रोटरी क्लबद्धारा एक लाख बालबालिकाको नि:शुल्क दन्त परिक्षण गरिदै ,कान्तिपुर डेन्टल कलेज तथा बीएम फउन्डेशनबीच सम्झौता


सीतामाया पौडेल

काठमाडौं।  रोटरी क्लब अफ काठमाडौं नर्थ तथा रोटरी डिष्ट्रिक्ट ३२९२ र दन्त स्वास्थ्य सेवामा समर्पित कान्तिपुर डेन्टल कलेज तथा बीएम फाउण्डेशनबीच सम्झौता भएको छ।

बिहीबार काठमाडौंको थापाथलिमा अवस्थित रोटरी डिष्ट्रिक्ट ३२९२ को कार्यालयको सभाहलमा काठमाडौं उपत्यकाका र काभ्रेपलाञ्चोक जिल्लाका गरि विभिन्न स्कुल तथा कलेजका एक लाख बालबालिकाहरुको नि:शुल्क दन्त स्वास्थ्य परिक्षण गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

समझदारी पत्रमा रोटरी डिष्ट्रिक्ट ३२९२ को तर्फबाट डिष्ट्रिक्ट गभर्नर राजेन्द्र प्रसाद ध्वजु, रोटीक्लब अफ काठमाडौं नर्थको तर्फबाट क्लब प्रेसिडेन्ट सुवास घिमिरे र बीएम फाउन्डेसनको तर्फबाट फाउण्डेशनका अध्यक्ष डा.बुद्धीमान श्रेष्ठ तथा कान्तिपुर डेण्टल कलेजका तर्फबाट प्राध्यापक तथा प्राचार्य रविन्द्रमान श्रेष्ठले  हस्ताक्षर गर्नुभएको थियो।

उक्त समझदारीपत्रमा हस्ताक्षर पश्चात् अब  यस रोटरी वर्ष २०२३–२४ मा कान्तिपुर डेण्टल कलेजको प्राविधिक सहयोग र उल्लेखित अन्य तीन संस्थाको आर्थिक सहयोगमा उपत्यकाका तीनवटै जिल्ला–काठमाडौं,भक्तपुर र ललितपुर तथा उपत्यका बाहिरको काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्कुल तथा कलेजका गरि एक लाख बालबालिकाहरुलाई नि:शुल्क दन्त स्वास्थ्य परिक्षण गर्ने,दाँतको सरसफाई,र हेरचाहका बारेमा सचेतनामुलक कार्यक्रम गर्ने सम्झौता भएको रोटरी क्लब अफ काठमाडौं नर्थका प्रेसिडेन्ट सुवास घिमिरेले जानकारी दिनुभयो।

प्रेसिडेन्ट  घिमिरेले बालबालिकाको दन्त स्वास्थ्य परिक्षणलाई क्लबको फ्ल्यागसिप प्रोजेक्टका रुपमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै स्कुल तथा कलेजको छनौट गरि भदौ पहिलो हप्ताबाटै परिक्षण कार्य शुरु गरिने बताउनु भयो । तर परिक्षणका लागि स्कुल र कलेज छनौटमा भने क्लब र डिष्ट्रिक्टले निर्णय गर्ने उहाँको भनाई छ।

कार्यक्रममा रोटरी वर्ष २०२३–२४ का डिष्ट्रिक्ट गभर्नर राजेन्द्र प्रसाद ध्वजुले यस रोटरी वर्षका आर आई प्रेसिडेन्ट गोर्डेन आर म्याक्आइनली समेत दन्त चिकित्सक रहनुभएकोले उहाँले समेत यस कार्यको स्रहान गर्ने आफूले विश्वास लिएको बताउनु भयो।

डिष्ट्रिक्टर गभर्नर ध्वजुले पछिल्लो समय बालबालिकाहरुमा खानपान तथा दाँतको उचित सरसफाईको कमिले मुख तथा दाँतमा निकै समस्या देखिएको भन्दै फल्यागसिप प्रोजेक्टको रुपमा विस्तार गर्दा धेरै भन्दा धेरै बालबालिकाहरुले  सेवा प्राप्त गर्ने र उनिहरुले आफ्ना अभिभावक तथा  साथीसंगीहरुलाई समेत सिकाउने सम्भावना रहेकाले बढी प्रभावकारी हुने दाबी गर्नु भयो।साथै उहाँले यस कार्यक्रमलाई निरन्तर रुपमा सञ्चालन गर्न डिष्ट्रिकले उचित सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।

यस्तै कायक्रममा डिष्ट्रिक्ट गभर्नर इलेक्ट राजेन्द्रमान शेरचनले यस कार्यको स्रहना गर्दै आफ्नो कार्यकालमा समेत निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यसैगरि कार्यक्रममा पाष्ट डिष्ट्रिक्ट गभर्नर सञ्जय गिरीले रोटरी क्लबले सहयोग गरेका स्कुल तथा कलेजहरुलाई प्राथमिकतामा राखेर काम गर्दा सहज हुने र त्यस क्षेत्रका स्थानीय क्लब,संघसंस्था तथा स्थानीय सरकारसँग मिलेर काम गर्दा बढी प्रभावकारी हुने सुझाब व्यक्त गर्नु भयो ।उहाँले यस कार्यक्रमलार्ई रोटरीको मेघा प्रोजेक्टको रुपमा विस्तार गर्न सकिने र यसबाट धेरै बालबालिकाहरु लाभान्वित हुने बताउनु भयो ।

कान्तिपुर डेण्टल कलेजका प्राध्यापक तथा प्राचार्य रबिन्द्रमान श्रेष्ठ र बी एम फाउण्डेशनका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले निःशुल्क उपचारसँगै केश पेपर फारम भराई विरामीहरुबाट प्रतिकृया संकलन गरेर स्वास्थय मन्त्रालयलाई समेत रिपोर्ट बुझाउने र बालबालिकाको दाँतमा देखिने समस्याहरुलाई निराकरण गर्न निरन्तर सेवामा लागि रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

अध्यक्ष डा.श्रेष्ठले यस अघि पनि स्याङ्गजा,तनहुँ,रुपन्देही,काठमाडौं,भक्तपुर र ललितपुर गरि छ वटा जिल्लाका २६ हजार विद्यार्थीलाई निःशुल्क दन्त स्वास्थ्य परिक्षण गरिएको भएपनि यति ठुलो संख्यामा भने नेपालमै पहिलोपटक भएको बताउनु भयो।

उक्त कार्यक्रममा उल्लेखित व्यक्तित्वहरुसहित असिष्टेन्ट गभर्नर भुवन श्रेष्ठ,डिष्ट्रिक्टका अन्य पदाधिकारीहरु,आयोजक संस्थाका पदाधिकारीहरु,विभिन्न क्लबका प्रेसिडेन्ट तथा रोटरियन प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot, #रोटरी क्लब अफ काठमाडौं नर्थ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Partly Cloudy
5:13 am6:46 pm +0545