अज्ञात समूहले डोटीमा वडा कार्यालय जलायो
डोटी – अज्ञात समूहले सोमबार राति बडीकेदार गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालय जलाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक विद्यानन्द माझीले दिनुभएको जानकारी अनुसार सोमबार राति वडा कार्यालयमा आगजनी भएको हो ।
आगो कसले र किन लगायो भन्ने विषयमा अहिलेसम्म केही पत्ता नलागे पनि केही समय अघि विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले कार्यालय नजिक सुनालेकमा रहेको अस्थायी प्रहरी चौकी नहटाए कारवाही गर्ने धम्की दिएका कारण उनीहरुले नै आगो लगाएको हुन सक्ने प्रहरीको अनुमान छ ।
आगजनीबाट वडा कार्यालयमा भएका सम्पूर्ण कागजातहरु पूर्ण रुपमा जलेर नष्ट भएको वडा नम्बर ४ का वडाध्यक्ष वीरेन्द्र बहादुर कोटकेनीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘वडा कार्यालयको ढोका तोडफोड गरेर सबै सामाग्री र कागजात एक ठाउँमा जम्मा पारेर आगो लगाइएको छ ।’
उज्यालो बाट साभार
क्याटेगोरी : समाचार
ट्याग : #वडा कार्यालय जलायो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्