बाख्राको मासु खाँदा १६ जना बिरामी
डोटी, २२ वैशाख । डोटीको आदर्श गाउँपालिका १ मेलगडामा बाख्राको काचो मासु खाँदा १६ जना बिरामी परेका छन् ।
शनिबार दिउँसो बाख्राको काचो मासु खाँदा बिरामी परेका उनीहरुको जिल्लाकै विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
बिरामी पर्नेमा बालबालिका र वृद्धवृद्धासमेत छन् । अस्पताल भर्ना भएका सबैको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
१६ जना मध्ये चारजना उपचारपछि घर फर्किएका छन् । बाँकी १२ जनाको उपचार भइरहेको र आज बेलुकीसम्म उनीहरुको पनि डिस्चार्ज हुने अस्पतालले जानकारी दिएको डोटीका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिएका छन ।
क्याटेगोरी : समाचार
ट्याग : #बाख्राको मासु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्