भोलि सार्वजनिक विदा
काठमाडौं,बैशाख १७ – बुधवार मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस् । नेपालमा पनि विविध कार्यक्रम गरी यो श्रमिक दिवस मनाइँदैछ । श्रमिक दिवसको अवसरमा भोलि सार्वजनिक बिदा हुनेछ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपालमा पनि विभिन्न मजदुर संघ संगठनहरुले अन्तरक्रिया, गोष्ठी आदि कार्यक्रमको आयोजना गरेर दिवस मनाउँदैछन ।
सन् १८८६ मा अमेरिकाको सिकागोमो आठ घण्टा काम, आठ घण्टा आराम र ८ घण्टा मनोरञ्जननको माग गर्दै भएको आन्दोलन दबाउन बम प्रहार गरिएको घटनाको सम्झनामा मे १ मा श्रमिक दिवस मनाइन्छ । सोही आन्दोलनको सफलता पछि आठ घण्टा कामको व्यवस्था विश्वभर प्रचलनमा आएको हो । नेपालमा भने श्रमिक दिवस विक्रम सम्वत २०६३ सालदेखि मनाउन थालिएको हो । ६४ सालदेखि सरकारले मे दिवसलाई औपचारिकता प्रदान गर्दै सार्वजनिक विदा दिन थालेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #सार्वजनिक विदा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्