रोल्पा ,प्युठान र दाङ सडकखण्ड पौष २८ देखि अनिश्चतकालका लागि बन्द हुने

रोल्पा । रोल्पा ,प्युठान र दाङ सडकखण्ड भोलि पौष २८ गतेदेखि अनिश्चित कालीन समयसम्मको लागी बन्द हुने भएको छ ।
रोल्पाको सदरमुकाम लिवाङ,सुलीचौर प्युठानको भिङ्ग्री,चकचके,जन्तीभिर,बडडाडादेखी दाङको भालुवाङ सम्मको सडक खण्ड अन्तरगत सडक डिभिजन कार्यालय प्युठानद्वारा प्युठानको चकचके देखि बडँडाको बिचमा पर्ने भूभागहरूमा घुम्ती तथा साँघुरो सडकलाई चौडा गर्ने बिग्रेको र भत्केको ठाउँहरूमा मर्मत गर्ने भएकोले सडक बन्द हुने भएको हो
उक्त सडक भएर चल्ने यातायातका साधनलाई आवतजावत गर्नको लागी भने बिहान र साँझ गरी दीनमा २ पटक आंशिक समय सडक खुल्ला गरिने भएको छ बिहान ६ बजे देखी ११ बजे सम्म ३ घण्टा र बेलुका ५ बजे देखी ९ बजे सम्म ४ घण्टाको समय निर्धारण गरेर यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरिएको हो जिल्ला प्रशासन कार्यालय रोल्पा र जिल्ला प्रशासन कार्यालय प्युठानमा बसेको सर्वपक्षीय छलफलबाट उक्त मिति र समय निर्धारण गरिएको हो
बाटो बन्द हुने अवधिमा एम्बुलेन्स सव वहान र सुरक्षाकर्मीको गाडीलाई प्राथमिकतामा राखेर आवतजावत गर्ने व्यवस्था मिलाइएको रोल्पा प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताउनु भयो ।
क्याटेगोरी : समाचार
ट्याग : #सडक
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्