Techie IT
बिहीबार, जेठ २,२०८२

रेसुंगा विमानस्थलमा तारा एयरले गर्‍यो सफल परीक्षण उडान


काठमाडौं । गुल्मीको रेसुंगा विमानस्थलमा तारा एयर सफल परीक्षण उडान गरेको छ ।

रेसुंगा नगरपालिकास्थित सिमिचौरमा तारा एयरको ट्वीनअटर जहाजले सफल अवतरण गरेको हो। तारा एयरको सफल परीक्षणपछि विमानस्थलबाट नियमित उडान गर्ने ताराको तयारी छ ।

पहिलो पटक तारा एयरले उडान भरेको खुसीयालीमा रेसुंगा नपनगरपालिमा आजसार्वजनिक बिदा दिइएको छ । निर्माण सम्पन्न भएको विमानस्थलमा लामो समयपछि सफल रुपमा ‘डेमो फ्लाइट’ भएको हो ।

आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको उक्त जहाज ५० मिनेटमा रेसुंगा विमानस्थल पुगेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #तारा एयर, #रेसुंगा विमानस्थल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Fair
5:13 am6:46 pm +0545