Techie IT
शुक्रबार, वैशाख २६,२०८२

राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी व्यवस्थाबारे सम्बोधन गर्ने


काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चालु पुँजी कर्जासम्बन्धी व्यवस्थाबारे सम्बोधन गर्ने भएको छ । यसबारे अहिले अपरान्ह ३ बजे आकस्मिक पत्रकार सम्मेलन गर्दैछ ।

राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी व्यवस्थामा सहजीकरण गर्नेबारे पत्रकार सम्मेलन गरेर जानकारी गराउन लागेको जनाएको छ । आजै मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गभर्नर महाप्रसाद अधिकारीबीच वर्तमान देशको अर्थतन्त्रबारे छलफल भएको थियो । उक्त छलफलमा चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन र बैंकको ब्याजदर घटाउनेबारे केन्द्रित रहेको थियो ।

चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा कुल कारोबारको २५ प्रतिशतसम्म उद्योगी व्यवसायीले बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण पाउने व्यवस्था छ । जुन व्यवस्थाका कारण आफूहरु ऋण पाउनबाट वञ्चित भएको भन्दै व्यवसायीले विरोध गर्दै आएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #नेपाल राष्ट्र बैंक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Fair
5:16 am6:44 pm +0545