चिनी उद्योगीहरुले सरकारलाई झुक्काए: प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनी उद्योगीहरुले सरकारलाई झुक्काएको बताएका छन् । नेपाल उद्योग परिसंघको १६ औं वार्षिकोत्सवको अवसरमा उनले चिनी उद्योगीले नेपालमा दुई वर्षको लागि स्टक भएको भनी आफुलाई झुक्काएको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले नेपाली चिनी उद्योगीले विदेशबाट धेरै चिनी आयात भएकोे भन्दै रोक्न माग गरेपछि आफुले प्रतिबन्ध लगाएको तर व्यवसायीले चिनी महंगोमा बिक्री गरी उपभोक्ताको ढाड सेकेको बताएका छन् । ओलीले भने ‘चिनी उद्योगीले सरकारलाई अनावश्यक रिपोर्टिङ गर्दै चिनी आयातमा रोक लगाउन उत्प्रेरित गरे,’ उनले भने, ‘सोही अनुरुप नेपाली उद्योगको संरक्षण गर्न चिनी आयातमा रोक लगाए त्यसको भोलीपल्टै देखि उद्योगीले बजारमा चिनी अभाव गराएर मूल्य बढाए ।’ ओलीले त्यसमा थप्दै भने ‘ चिनी उद्योगीले विदेशी सस्तो चिनी आयतले गर्दा आफुहरुले ५३ रुपैयाँमा चिनी विक्री गर्न खोज्दा पनि चिनी नबिकेको भन्दै विदेशी चिनी आयतमा रोक्न माग गरेका थिए ।
स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्नको लागि प्रतिवन्ध लगाएको भोलीपल्टै चिनीको भाउ ८५ रुपैयाँ पुर्याए।’ पछिल्लो समय चिनी उद्योगले व्यक्तिगत स्वार्थका लागि गैरकानुनी काम गरेको भन्दै व्यवसायका नाममा आगामी दिनमा त्यस्ता काम नगर्न निर्देशन दिएका हुन् । सरकार निजी व्यवसायीका हरेक समस्या समाधन गर्न प्रतिवद्ध रहेको तर उद्योगीका ठगि क्रियाकलाप सरकारले बन्द गर्ने बताएका हुन् ।
दशै अघि चिनी व्यवसायीले नेपालमा पाकिस्तानबाट धेरै चिनी आयात धेरै हुँदा अफ्नो चिनी बिक्न नसकेको भन्दै प्रधानमन्त्री गुहारेका थिए । प्रधानमन्त्रीले स्वदेशी उद्योगीलाई प्रबद्धन गर्ने भन्दै चिनी आयातमा प्रतिबन्ध लगाए । व्यवसायीले त्यसको गलत प्रयोग गरी उपभोक्ता ठग्ने काम गरेका छन् । सरकारको त्यो प्रतिबन्धले साल्ट टे«डिङको चिनी विरगज बन्दरगहामै अड्कीदा साल्ट टे«डिङ कपोरेशनलाई करोडौ घाटा भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #चिनी उद्योगी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्