Techie IT
आईतबार, चैत्र ९,२०८१

प्रधानमन्त्री ओलीद्वारा मुख्यमन्त्रीहरूसँग छलफल


प्रधानमन्त्री केपी ओलीले प्रदेशको समस्या र मुलुकको पछिल्लो अवस्थाका बारेमा मुख्यमन्त्रीहरूसँग परामर्श गरेका छन् ।

प्रधानमन्त्री ओलीले बिहीबार बिहान आफ्नै निवासमा सात वटै प्रदेशका मुख्यमन्त्रीहरूसँग परामर्श गरेका हुन् ।

प्रधानमन्त्री ओलीसँगको छलफलमा मुख्यमन्त्रीहरूले आफ्ना समस्याहरूका बारेमा जानकारी गराएका थिए । स्रोतका अनुसार संविधानले दिएको अधिकारलाई केन्द्रबाट हस्तक्षेप भएका विषयमा पनि मुख्यमन्त्रीहरूले घुमाउरो भाषामा धारणा राखेका थिए ।

बैठकमा प्रदेशका लागि आगामी वर्षको नीति तथा कार्यक्रमका बारेमा पनि छलफल भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् ।

विकास परिषद्को बैठकका लागि मुख्यमन्त्रीहरू काठमाडौं आएका बेला ओलीले बालुवाटारमा बोलाएर छलफल गरेका हुन् ।

छलफलमा बाराका आँधी प्रभावितहरूका बारेमा पनि छलफल भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #मुख्यमन्त्री


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
15°
Fair
6:02 am6:17 pm +0545