Techie IT
आईतबार, वैशाख २८,२०८२

गुल्मीमा जीप दुर्घटना पाँच जनाको मृत्यु, पाँचजना घाइते


काठमाडौं । गुल्मीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। अन्य पाँचजना घाइते भएका छन्।

सत्यवती गाउँपालिका–३ लु ३ च ५३४० जीप कुढडाँडामा गएराति साढे ३ बजेतिर दुर्घटना भएको सहायक प्रमुख जिल्ला अधिकारी
तथा सूचना अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए।

गैरेका अनुसार दुर्घटननामा सत्यवती गाउँपालिका–३ का झलक सोमै, टीका राहादी, रनबहादुर सिजापती र मिलन तरामोको मृत्यु भएको हो।

प्रहरीका अनुसार सत्यवती ३ कै कार्बालिन सोमै, जमुना सोमै, ३२ वर्षका चेतमान सिंजाली, गिरबहादुर राहादी र खण्डन सोमै घाइते भएका छन्। घाइते ५ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #जीप दुर्घटना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:14 am6:45 pm +0545