Techie IT
मंगलबार, असार १७,२०८२

मङ्सिर ४ निर्वाचनका लागि बर्दियाको सीमानाका आवागमनमा रोक


बर्दिया । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागी मङ्सिर १ गते देखी बर्दिया जिल्लाको सीमा नाकामा आवागमनमा रोक लगाइने भएको छ ।

निर्वाचनका अवधिभर कुनै पनि गलत गतिविधि हुन नदिन स्वतन्त्र,निष्पक्ष, स्वच्छ र भय रहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका निमित्त सीमा नाकामा आवागमनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।

मङ्सिर १ गते बिहीबार राती १२ बजे देखी मङ्सिर ४ गते आइतबार राती १२ बजे सम्मका लागी सीमानाका सील गरी आवागमनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेयले बताउनुभएको छ ।

मङ्सिर ४ गते हुने मतदानका दिन बिहान ५ बजे देखी राती १० बजे सम्मका लागी अति आवश्यक साधन एम्बुलेन्स,दमकल,दूध,तरकारी,लगायतका खाद्य सामाग्री बोकेका सवारी साधन ,शव वाहन स्वास्थ्य संस्थाका गाडी, निर्वाचनमा प्रयोग भएका गाडी र अनुमति प्राप्त सवारी साधन बाहेक निजी,सार्वजनिक,सरकारी सहितका गाडीहरू समेत संचानमा रोक लगाइएको पाण्डेयले बताउनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #बर्दियाको सीमानाका आवागमनमा रोक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:10 am7:04 pm +0545