नेपाल बुद्धिजीवी परिषद्ले भन्यो, ‘बहुमत ल्याएर चुनाव जित्छौं :एमालेमा जनलहर देखेर विपक्षी अत्तालिए’

सीता पौडेल(अर्चना)
काठमाडौं। नेपाल बुद्धिजीवी परिष्दका अध्यक्ष तथा संरक्षक डा. दिनेशचन्द्र देवकोटाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेकपा एमालेले बहुमत ल्याएर चुनाव जित्ने बताउनु भएको छ ।
नेपाल बुद्धिजीवि परिषद्को प्रचार–प्रसार तथा प्रकाशन विभागले मंगलबार काठमाडौंमा गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष देवकोटाले परिषद्ले गदै आएको सुक्ष्म सर्वेक्षणले नेकपा एमालेले बहुमतकासाथ निर्वाचनमा जित हाँसिल गर्ने देखाएको खुलासा प्रस्तुत गर्नु भयो ।
प्रगतिशिल र बामपन्थी बुद्धिजीवीहरुको साझा संगठन नेपाल बुद्धिजीवि परिषद्ले निर्वाचन नजिकिएसँगै नेकपा एमालेमा जनलहर उर्लिदै गएकाले विपक्षी दलहरु अत्तालिएको बताएको छ ।
कार्यक्रममा परिषदका केन्द्रिय उपाध्यक्ष विद्यान आचार्यले एमालेले अवलम्बन गरेको समाजवाद उन्मुख अर्थतन्त्रको अवधारणलाई नेपाली कांग्रेस र विपक्षी पार्टीले बोक्दै हिंडेकोे र नागरिकले समृद्ध नेपाल, सुखी नेपालीसँगै स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता,सार्वभौमिकता,स्वाभिमान, जनजिविकाका पक्षमा , समृद्ध नेपाल सुखी नेपाली निर्माण केबल एमालेलेमात्र गर्न सक्छ भन्ने आशा, विश्वास र भरोसा समेत गरेको दावी गर्नु भयो ।
निर्वाचनका बेला डराइरहेका सत्तारुढ गठबन्धन लगायतका विपक्षी दलहरुले देश विकासका लागि नभएर सत्ता हडप्न साम ,दाम दण्डभेद गर्नसमेत पछि नपर्ने आरोप लगाउँदै परिषद्का अर्का केन्द्रय उपाध्यक्ष कविता लुईँटेलले यसप्रति सचेत र जागरुक रहन जरुरी रहेको बताउनु भयो। निर्वाचनलाई स्वतन्त्र ,निष्पक्ष, मर्यादित र भएरहित वातावरणमा सम्मपन्न गराउनु सबैको कर्तव्य रहेको भन्दै उहाँले यसो भए मात्र एमालेको जित सुनिश्चिित रहने दावी गर्नु भयो ।
देशभर करिब ७० हजार सदस्य रहेको एमालेको नेपाल बुद्धिजीवी परिषद्ले माक्र्सवाद र दव्न्दात्मक भौतिकवादी दृष्टिकोणमा आस्था राख्दै पार्टीको सैद्धान्तिक र वैचारिक विकासमा योगदान पु¥याउँदै देश र समाजलाई बदल्न अहंम भूमिक निर्वाह गदै आएको बताएको छ ।
परिषद्ले कतिपय पार्टीहरुले देश र जनताका पक्षमा भन्दा बढी सीमित समुहगत स्वार्थमा अल्झेर देशको राजनीतिलाई अस्थिर बनाउनुका साथै उनिहरुका क्रियाकलापले लोकतन्त्रको उच्चतम अभ्याससँगै नेपाली नागरिकको सामाजिक न्याय सहितको आर्थिक विकास र समृद्धिको यात्रा अवरुद्ध भएको ठहर गरेको बताएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्