डडेल्धुरामा निर्वाचनको तयारी तीव्र

डडेल्धुरा । डडेल्धुरामा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि तयारी तीव्र पारिएको छ । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको जिल्लाका लागि मतपत्र लगायत निर्वाचन सामग्री पुगिसकेको र मतदान केन्द्रअनुसार मतपत्र मिलाउने, मतपेटिका, छाप, स्ट्याम्प प्याड, कपडा लगायत सामग्री व्यवस्थापनको काम भइरहेको छ । कर्मचारीहरू धमाधम आफ्नो मतदान केन्द्रमा पुगिसकेका छन् ।
जिल्ला निर्वाचन अधिकारी करुणाकर अवस्थीका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका १०१ मतदान स्थलका १३९ मतदान केन्द्रमा खटिने कर्मचारी छनोट गरिसकेको छ । निर्वाचनमा खटाउनका लागि डडेल्धुरामा एक हजार १०५ कर्मचारी छनोट गरिएको हो ।
मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार प्रत्येक मतदान केन्द्रका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगी खटाइएको जानकारी दिएका छन् । मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम पनि प्रदान गरिसकेको बताउँदै निर्वाचन अधिकारी अवस्थीले १ गतेभित्रै सुरक्षाकर्मी र सम्पुर्ण कर्मचारी मतदान केन्द्रमा पुगिसक्नुपर्ने बताउनु भएको छ ।
१ गते राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएकाले त्यसअघि नै कर्मचारी र सुरक्षाकर्मीलाई मतदान केन्द्रमा पुगाउने तयारी भइरहेको अवस्थीले जानकारी दिएका छन् । डडेल्धुरामा प्रतिनिधिसभातर्फ प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित ८ जना र दुई वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा १२ जना चुनावी मैदानमा छन् । उम्मेदवारले १ गतेसम्म मात्रै प्रचार गर्न पाउने जनाएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्