Techie IT
आईतबार, असार १,२०८२

भक्तपुरको एक घरमा आगलागी, जलेर एक युवतीको मृत्यु


काठमाडौं। भक्तपुरको एक घरमा आगलागी हुँदा जलेर एक युवतीको मृत्यु भएको छ ।

बुधबार बिहान मध्यपुरठिमी नगरपालिका-६ कुण्डोलमा आत्माराम केसी र हरिशरण केसीको घरमा आगो लाग्दा आत्मारामकी २५ वर्षीया छोरी अस्मिताको जलेर मृत्यु भएको हो ।

अस्मिता सुस्तमनस्थिति र प्यारालाइसिसबाट रोगबाट पीडित थिइन् । आगलागी हुँदा घरभित्रै रहेकी १४ वर्षकी नित्मा केसीलाई भने उद्वार गरेर अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, भक्तपुरबाट दुई वटा दमकल साथै स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।

के कति कारणले आगलागी भएको भन्ने खुलेको छैन ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #भक्तपुरको एक घरमा आगलागी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Light Rain
5:06 am7:02 pm +0545