नीलकृष्ण–जशोदा सिटौला फाउन्डेशन नर्दन क्यालिफोर्नियाद्धारा नौ स्रष्टा सम्मानित

सीता पौडेल (अर्चना) काठमाडौं– अमेरिकाको क्यालिफोर्नियामा अवस्थिीत नीलकृष्ण–जशोदा सिटौला फाउन्डेशनद्धारा नौ जना स्रष्टा सम्मानित हुनुभएको छ । नीलकृष्ण–जशोदा सिटौला फाउन्डेशन नर्दन क्यालिफोर्नियाले हालै काठमाडौंमा स्रष्टा सम्मान तथा पुरस्कार समर्पण समारोह‘–२०७९ आयोजना गरि नेपालमा रहेर विभिन्न क्षेत्रमा योगदान पु¥याउने विज्ञ,संस्था,समाजसेवी नौ जना स्रष्टालाई सम्मान गरेको हो।
को को भए सम्मानित ?
१) प्रसिद्ध कार्डियोलोजिष्ट प्रा. डा. भगवान कोइराला २) आध्यात्मिक चिन्तक एवम् भावगत वाचिका राधिका दाशी, ३) इन्द्रेणी फउन्डेशन तथा इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कंडेल, ४) पवित्र सेवा समाज नेपालकी संस्थापक अध्यक्ष दीक्षा चापागाइँं ५) प्रध्यापक एवम् समाजसेवी पशुपति मिश्र ६) विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठान ७) प्राज्ञ तथा वरिष्ठ साहित्यकार लक्ष्मी उप्रेति, ८) समाजेवी नन्दासिंह प्रसाइँ र ९) पत्रकार तथा समाजसेवी सागर श्रेष्ठ । नीलकृष्ण–जशोदा सिटौला फाउन्डेशन नर्दन क्यालिफोर्नियाले नेपालमा कार्यक्रम गर्न सहजीकरण तथा कार्यक्रममा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै कुशल प्रस्तोता तथा उद्घोषिका पत्रकार सीता पौडेल(अर्चना), वसुश्री पाण्डे, दिपकिशन खड्का र प्रमोद अधिकारी गरि थप तीन जना व्यक्तित्वहरुलाई समेत सम्मान गरेको फाउन्डेशनका संस्थापक तथा संरक्षक इ.ईश्वरकान्त सिटौलाले जानकारी दिनु भयो।
विदेशी भूमिमा संघर्षमा रहेका नेपालीलाई नेपालको धेरै माया र सम्झना रहेने भन्दै सिटौलाले नेपालेमै रहेर नेपाली माटोलाई उर्वर बनाउन योगदान पु¥याउने स्रष्टालाई सम्मान गर्न पाउँदा गर्वको अनुभूति भएको बताउनु भयो। उहाँले स्व. माता– पिताको सम्झनामा २०१७ सालमा स्थापना भएको यस फाउन्डेशनले शुरुवाती चरणबाट नै स्रष्टासम्मान गदै आएको र भविश्यमा पनि मेहेनेतको कमाइको ३० प्रतिशत हिस्सा समाजसेवामा खर्च गर्ने योजना रहेको बताउनु भयो ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति तथा प्रमुख अतिथि धर्मकान्त बास्कोटा,पूर्वराजदूत प्रल्हाद कुमार प्रसाईँ,प्रसिद्ध कार्डियोलोजिष्ट प्रा.डा.भगवान कोइराला, विश्व नेपाली साहित्य प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष गोपीकृष्ण प्रसाइँ, प्राज्ञ तथा साहित्यकार लक्ष्मी उप्रेतिलगायतले सिटौलाले गरेको देशप्रतिको मायासँगै स्व. माता–पितालाई जिवन्त राख्नेगरि गदै आएको यस्तो कार्यको मुक्तकण्ठले प्रसंसा गर्नु भएको थियो। विश्वनेपाली साहित्य प्रज्ञा प्रतिष्ठानका अध्यक्ष गोपी कृण्ण प्रसाइँले कार्यक्रममा सम्मानित तथा पुरस्कृत श्रष्टाहरुको संक्षिप्त परिचय प्रस्तुत गर्नु भएको थियो।
कार्यक्रममा नेपालको पूर्वि भेगमा रहेर नेपाली साहित्यको क्षेत्रलाई हराभरा बनाउन उल्लेख्य भूमिका निर्वाह गदै आउनु भएकी साहित्यकार वसुश्री पाण्डेको कविता संग्रह ‘मौन समय‘ को पनि विमोचन गरिएको थियो। ८२ पृष्ठमा रहेको मौन समयमा कविका ८२ वटै कविता संग्रहित छन्।
कार्यक्रमा सिटौला समाजका अध्यक्ष सुरेन्द्र सिटौला,नेपाल सरकारका सह–सचिव दीर्घराज मैनाली,आयोजक संस्थाका सल्लाहाकार दिक्पाल केसी,नर्दन क्यानिफोर्नियाका वरिष्ठ समाजसेवी डम्बर थपलिया, घट्टेकुलो विकास समाजका अध्यक्ष शिवराम राजवंशी,कामनपा वडा नम्बर २९ का वडाध्यक्ष कुश ढकाल,पद्यमकन्या क्याम्पसका नेपाली विभाग प्रमुख.डा.शैलेन्द्र प्रकाश नेपाल, विभिन्न संघ संस्थाका प्रतिनिधि,समाजसेवी,साहित्यकार,बुद्धिजिवि लगायतको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा फाउण्डेशनका संस्थापक तथा संरक्षक इं ईश्वरकान्त सिटौलाले पवित्र सेवा समाज नेपालको साहयोगार्थ उपथितमध्येबाट उठेको नगद रु.४० हजार ४ सय ८४ रुपैंयाँ संस्थाकी संस्थापक अध्यक्ष दिक्षा चापागार्ईलाई हस्तान्तरण गदै विषेश गरि यो रकमा ५ महिने बालिकाको लालन पोषणका लागि सहयोग पुग्ने बताउनु भयो।
क्याटेगोरी : समाचार
ट्याग : #नीलकृष्ण–जशोदा सिटौला फाउन्डेशन
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्