विस्तृत शान्ति सम्झौतादेखि नै गठबन्धन सुरु: प्रचण्ड

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी र लोकतान्त्रिक शक्तिहरू बिचको एकताको मात्रै अर्थ रहने बताउनुभएको छ ।
गोरखाको पालुङटारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सम्झौता र सहमति आमनेसामने बसेर लड्नेहरूकै बीच हुने बताउनुभयो । ‘सहमति हुने विमति राख्नेहरूकै बीचमा हुने हो । एउटै मत राख्नेहरूबिच हुने सहमति र सम्झौताले देशलाई निकास दिँदैन । त्यसकारण नेपाली काँग्रेस र वामपन्थीहरूको बिचमा भएको सहमतिले मात्र अर्थ राख्दछ ।
अध्यक्ष प्रचण्डले माओवादी र काङ्ग्रेसबिच विस्तृत शान्ति सम्झौतादेखि नै गठबन्धन सुरु भएको उल्लेख गर्नुभयो ।
उहाँले विस्तृत शान्ति सम्झौता गरेकै दिन आफूले रुखमा छाप लगाएको र तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले हँसिया हथौडामा छाप लगाएको सुनाउनुभयो ।
कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, माओवादी नेता नारायणकाजी श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो
क्याटेगोरी : समाचार
ट्याग : #पुष्पकमल दाहाल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्