डा.तोसिमाको पक्षमा सर्वोच्चको फैसला

काठमाडौं । सर्वोच्च अदालतले ललितपुर-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम रहने फैसला सुनाएको छ ।
सोमबार भएको सुनवाईपछि सर्वोच्चले तोसिमाको उम्मेदवारी कायम रहने अन्तिम फैसला सुनाएको हो । न्यायाधीशद्वय ईश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले कार्कीको उम्मेदवारी कायम रहने फैसला गरेको हो ।
यसअघि निर्वाचन आयोगले कार्की लाभको पदमा रहेको पाइएको भन्दै उम्मेदवारी खारेज गरिदिएको थियो । त्यसकाविरुद्व तोसिमाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
यसअघि सर्वोच्चले उम्मेदवारी खारेजको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको थियो । फेरि सर्वोच्चको अल्पकालीन आदेशविरुद्व निर्वाचन आयोग सर्वोच्च गएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #डा.तोसिमाको पक्षमा सर्वोच्चको फैसला, #तोसिमा कार्की
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्