गोदाबरीको श्रीकृष्ण आधारभूत बिद्यालयमा मस्रेक बैंक दुबईको सहयोग

काठमाडौं । दुवईमा मुख्य कार्यालय रहेको मस्सेक बैंकले ललितपुरको गोदावरीस्थित श्रीकृष्ण आधारभूत विद्यालयमा करिब १० लाख बराबरका विविध शैक्षिक एवं विद्यालयको स्तरोन्नतीका लागि आवश्यक अन्य सामाग्री प्रदान गरेको छ । शुक्रवार मस्रेक बैंककी नेपाल प्रमुख हेमा अधिरकारीले बिद्यालयलाई एक थान ल्यापटप, एक थान कम्युटर, एक थान थ्रि इन वान प्रिन्टर, स्क्यानर,फोटोकपी मेशिन, एक थान प्रोजेक्टर र एक बर्षका लागि इन्टरनेट कनेक्सन प्रदान गरेकी हुन् ।
बैंकले एक वर्षका लागि हुने गरि बिद्यालयका सवै विद्यार्थीका लागि दुई दुई जोर जुत्ता, स्कूल ड्रेस, र बर्ष भरिलाई पुग्ने कापी, कलप, पेन्सिल, इरेजर, कटर, जोमेट्री बक्स समेत प्रदान गरेको छ । बैंकले सहयोग गरेको भौतिक सामाग्रीको सदुपयोग सो विद्यालयका शिक्षकले आफ्नो शिक्षण सम्बन्धि ज्ञान बढाउन, नयाँ नयाँ पाठ्य सामाग्री प्राप्त गर्न र विद्यार्थीलाई थप प्रभावकारी ज्ञान प्रदान गर्नै सहयोग पुग्ने विश्वास आफुले लिएको अधिकारीले बताईन ।
मस्रेक बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व सिएसआर कार्यक्रममा बालबालिका शिक्षालाई जोड दिएर मस्रेक फ्यूचर जेनरेसन भन्ने अभियान सञ्चालन गर्दै आएको छ । मस्रेक बैंक दुवईमा कार्यालय रहेको यूएईको सवैभन्दा ठूलो र एवं पुरानो बंैक रहेको नेपाल प्रमुख अधिकारीले जानकारी दिईन । सन २०१५ मा नेपालमा गएको महाभूकम्पको समयमा समेत बैंक र बैंकका कर्मचारीले प्रधानमन्त्री राहत कोषमा रु ३० लाख भन्दा बढि आर्थिक सहयोग गरेको थियो ।
शक्रवार सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल प्रमुख अधिकारी, ललितपुर क्षेत्र न १ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य नवराज सिलवाल, प्रदेश सभा सदस्य लालकुमारी पुनले मस्रेक बैंक र नेपाल प्रमुख अधिकारीप्रति ललितपुरबासीका तर्फवाट हार्दिक आभार प्रकट गरेका थिए । कार्यक्रममा मस्रेक बैंककी नेपाल प्रमुख अधिकारीले उक्त विद्यालय तथा विद्यार्थीलाई सहयोग गर्न पाउँदा आफुलाई गौरवको अनुभूति भएको बताएकी थिईन ।
क्याटेगोरी : समाचार
ट्याग : #मस्रेक बैंक
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्