गोदाबरीको श्रीकृष्ण आधारभूत बिद्यालयमा मस्रेक बैंक दुबईको सहयोग
काठमाडौं । दुवईमा मुख्य कार्यालय रहेको मस्सेक बैंकले ललितपुरको गोदावरीस्थित श्रीकृष्ण आधारभूत विद्यालयमा करिब १० लाख बराबरका विविध शैक्षिक एवं विद्यालयको स्तरोन्नतीका लागि आवश्यक अन्य सामाग्री प्रदान गरेको छ । शुक्रवार मस्रेक बैंककी नेपाल प्रमुख हेमा अधिरकारीले बिद्यालयलाई एक थान ल्यापटप, एक थान कम्युटर, एक थान थ्रि इन वान प्रिन्टर, स्क्यानर,फोटोकपी मेशिन, एक थान प्रोजेक्टर र एक बर्षका लागि इन्टरनेट कनेक्सन प्रदान गरेकी हुन् ।
बैंकले एक वर्षका लागि हुने गरि बिद्यालयका सवै विद्यार्थीका लागि दुई दुई जोर जुत्ता, स्कूल ड्रेस, र बर्ष भरिलाई पुग्ने कापी, कलप, पेन्सिल, इरेजर, कटर, जोमेट्री बक्स समेत प्रदान गरेको छ । बैंकले सहयोग गरेको भौतिक सामाग्रीको सदुपयोग सो विद्यालयका शिक्षकले आफ्नो शिक्षण सम्बन्धि ज्ञान बढाउन, नयाँ नयाँ पाठ्य सामाग्री प्राप्त गर्न र विद्यार्थीलाई थप प्रभावकारी ज्ञान प्रदान गर्नै सहयोग पुग्ने विश्वास आफुले लिएको अधिकारीले बताईन ।
मस्रेक बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व सिएसआर कार्यक्रममा बालबालिका शिक्षालाई जोड दिएर मस्रेक फ्यूचर जेनरेसन भन्ने अभियान सञ्चालन गर्दै आएको छ । मस्रेक बैंक दुवईमा कार्यालय रहेको यूएईको सवैभन्दा ठूलो र एवं पुरानो बंैक रहेको नेपाल प्रमुख अधिकारीले जानकारी दिईन । सन २०१५ मा नेपालमा गएको महाभूकम्पको समयमा समेत बैंक र बैंकका कर्मचारीले प्रधानमन्त्री राहत कोषमा रु ३० लाख भन्दा बढि आर्थिक सहयोग गरेको थियो ।
शक्रवार सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल प्रमुख अधिकारी, ललितपुर क्षेत्र न १ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य नवराज सिलवाल, प्रदेश सभा सदस्य लालकुमारी पुनले मस्रेक बैंक र नेपाल प्रमुख अधिकारीप्रति ललितपुरबासीका तर्फवाट हार्दिक आभार प्रकट गरेका थिए । कार्यक्रममा मस्रेक बैंककी नेपाल प्रमुख अधिकारीले उक्त विद्यालय तथा विद्यार्थीलाई सहयोग गर्न पाउँदा आफुलाई गौरवको अनुभूति भएको बताएकी थिईन ।
क्याटेगोरी : समाचार
ट्याग : #मस्रेक बैंक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्