मंसिर ४ पछि एमालेको सरकार बन्छ : केपी शर्मा ओली

झापा – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर ४ को चुनावपछि एमालेको सरकार बन्ने बताउनु भएको छ ।
नेकपा एमाले झापा क्षेत्र नम्बर(४ ले बिहीबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मंसिर ४ पछि एमालेकै सरकार बन्नुपर्छ भनेर जनताले नै भनिरहेका बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिले म आउँदै गर्दा पनि यहाँहरुले नारा लगाउनुभएको थियो( मंसिर ४ एमाले सरकार, मंसिर ४ पछि एमालेले सरकार बनाउँछ, बनाउनैपर्छ, किन एमालेको सरकार बनाउनुपर्छ हामीले त्यसको पुष्टि गरिसकेका छौं ।’
आधुनिक नेपाल निर्माणको अगुवाइ गर्ने पार्टी एमाले मात्रै भएको अध्यक्ष ओलीले बताउनुभयो । देशमा देखाउन लायक सबै काम एमालेले गरेको उहाँले बताउनुभयो ।
ज्येष्ठ नागरिकलाई भत्ता सुरु गर्ने एमाले भएको बताउँदै उहाँले भन्नुभयो, ‘ज्येष्ठ नागरिक सधैं देशमा थिए तर कुनै सरकारले सम्झिएको थिएन, एमालेले सम्झियो, महिनाको एक सयबाट सम्झिएको थियो आज दिनको १३३ भन्दा बढी ज्येष्ठ नागरिक भत्ता दिने गरेको छ, महिनाको ४ हजार पुर्याएको छ, अपांगता भएकालाई पनि एमालेले भत्ता दिएको छ ।’
सडक बालबालिकाको व्यवस्थापन, सडकमा पुगेका मानिसको व्यवस्थापन, भिख मग्गारहित देश बनाउने, दुर्गममा हेलिकोप्टर पठाएर गर्भवति र सुत्केरीको उद्दारको काम एमालेले गरेको अध्यक्ष ओलीले बताउनुभयो ।
तुइन विस्थापन, पेट्रोलियम पाइपलाइन, रेल सञ्चालनदेखि नेपाललाई सुरुङमार्गको युगमा प्रवेश गराउने काम एमालेले गरेको अध्यक्ष ओलीले स्मरण गराउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्