दाङका तीन निर्वाचन क्षेत्रमा आठ महिलाबीच प्रतिस्पर्धा
दाङ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दाङमा तीन क्षेत्रमा आठ महिला उम्मेदवार प्रतिस्पर्धामा छन् ।
दाङ क्षेत्र नं १ बाट नेकपा ९एमाले०की शान्ता चौधरी र सत्ता गठबन्धनबाट सहरी विकासमन्त्री मेटमणि चौधरी मुख्य प्रतिस्पर्धामा हुनुहुन्छ । घोराही उपमहानगरपालिका–४ डाँडागाउँ ठेगाना भएकी चौधरी पूर्वकमलरी हुनुहुन्छ । पच्चीस वर्ष कमलरी जीवन बिताउनुभएकी चौधरी एमालेको सचेतक हुँदै संसद्को प्राकृतिक स्रोत समितिको संयोजकसमेत हुनुभयो । उहाँले कमलरी र गरिब किसानका हकअधिकारबारे आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । देउखुरी उपत्यकाको राप्ती नदी र अन्य खोलामा तटबन्ध गर्ने उहाँको प्रतिबद्धता छ ।
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटबाट रुक्मिणी चौधरी र हाम्रो नेपाली पार्टीबाट गङ्गा चौधरी सत्गौवा पनि चुनावी मैदानमा हुनुहुन्छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट प्रतिमा बुढामगर र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लिली बुढाथोकी पनि चुनावमा होमिनुभएको छ । दाङ क्षेत्र नम्बर १ मा पाँच महिला प्रतिस्पर्धामा हुनुहुन्छ । देउखुरी उपत्यकाका चार गाउँपालिका र घोराही उपमहानगरपालिकाको १, २, ३ र ५ वडा दाङ क्षेत्र न १ मा पर्दछ ।
क्षेत्र नं १ ‘क’ मा ७० हजार दुई सय ६७ र ९ख० मा ६४ हजार चार सय ६६ मतदाता छन् । क्षेत्र नं ९क० मा २४ मतदानस्थल र ७८ मतदान केन्द्र कायम गरिएको छ । क्षेत्र नं १ ९ख० मा २७ मतदानस्थल र ७४ मतदान केन्द्र रहेको क्षेत्र नं १ का निर्वाचन अधिकृत मानबहादुर विष्टले जानकारी दिनुभयो ।
क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि एमालेबाट पार्टीका महासचिव एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शङ्कर पोखरेल र सत्ता गठबन्धनको तर्फबाट नेकपा ९माओवादी केन्द्र० की पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री रेखा शर्मा प्रतिस्पर्धी हुनुहुन्छ । शर्माले आमाको नामबाट नागरिकता पाउनुपर्ने विषयलाई उठाउनुभएको छ ।
नेपाल आमा पार्टीकी गीता रावत पनि चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ दुई महिला प्रतिस्पर्धीमा हुनुहुन्छ । क्षेत्र नं २ ९क० मा ६३ हजार तीन सय २२ तथा ९ख० मा ७० हजार चार सय २६ मतदाता छन् । क्षेत्र नं २ ९क० मा २५ मतदानस्थल र ६८ मतदान केन्द्र तथा क्षेत्र नं २ ९ख० मा २३ मतदानस्थल र ७८ मतदान केन्द्र तोकिएको छ ।
क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि एमालेकी केन्द्रीय सदस्य कोमल वली र सत्तारुढ गठबन्धनबाट कांग्रेसक केन्द्रीय सदस्य दीपक गिरी चुनावी मैदानमा हुनुहुन्छ । दाङका जनताको भावना, चाहना र आवश्यकताका आधारमा काम गर्ने प्रतिबद्धता वलीको छ । पूर्वसञ्चारकर्मी एवं गायिका वली २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा दाङ क्षेत्र न ३ बाट समानुपातिक सांसद चुनिनुभएको थियो ।
क्षेत्र नं ३ मा प्रतिनिधिसभातचर्फ महिला उम्मेदवार वली मात्रै हुनुहुन्छ । क्षेत्र नं ३ ९क० मा २१ मतदानस्थल र ७४ मतदान केन्द्र तथा क्षेत्र नं ३ ९ख० मा ३३ मतदानस्थल र ९३ मतदान केन्द्र कायम भएको प्रदेश निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिनुभयो । चार लाख १९ हजार नौ सय सय २४ मतदाता छन् । एक सय ५३ मतदानस्थलमा चार सय ६५ मतदान केन्द्र तोकिएको छ ।रासस
क्याटेगोरी : समाचार
ट्याग : #दाङ, #दाङका तीन निर्वाचन क्षेत्रमा आठ महिलाबीच प्रतिस्पर्धा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्