एमाले सुदूरपश्चिम प्रदेश कमिटीद्वारा निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक

धनगढी । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।
धनगढीस्थित पार्टी कार्यालयमा आज एक कार्यक्रमका बिच एमालेले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलक्षित प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।
कार्यक्रममा प्रदेश कमिटी सचिव धर्मराज पाठकले प्रतिबद्धता पत्रमा मुख्यतः २७ बुँदा रहेको बताउनुभयो ।
उहाँले सुशासन, आत्मनिर्भर प्रदेशको अभियान, नागरिक हितको सुरक्षा, पूर्ण साक्षर प्रदेश, उधमिशलता, स्वच्छ खानेपानी, स्वास्थ्य सेवा, उन्नत र आधुनिक कृषिको विकासलाई प्रतिबद्धता समेटिएको जानकारी दिनुभयो ।
यसैगरी, वातावरणको संरक्षण, पर्यटन विकास, मेक ईन सुदूरपश्चिम अभियान, सडक, यातायात, पूर्वाधारको विकास, सुरक्षित आवास, सबैलाई बिजुली, व्यवस्थित सहर, सुरक्षित मातृत्व, भाषा, कला, संस्कृतिको संवर्द्धन, युवा तथा खेलकुद, आमसञ्चार९ सूचना प्रविधिको विकास, नागरिकको जीउधनको रक्षा लगायतलाई एमालेले प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ ।
कार्यक्रममा नेकपा एमालेका सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, पोलिटब्यूरो सदस्य लिला भण्डारी, सल्लाहाकार सदस्य महेश्वर पाठक लगायतको सहभागिता रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #एमाले सुदूरपश्चिम प्रदेश कमिटीद्वारा निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्