सेना र प्रहरी भूकम्पबाट प्रभावितको उद्धारमा
सुदूरपश्चिम। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल डोटीको भूकम्प प्रभावित क्षेत्रमा उद्धारमा खटिएको छ । रेडक्रसकर्मी र स्थानीयवासीसमेत उद्धारमा जुटेका छन् ।
डोटीको खप्तड क्षेत्र केन्द्रबिन्दु भएर राति २ बजेर १२ मिनेटमा ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पकपछि डोटीका धेरैजसो ठाउँमा सञ्चार सम्पर्क बिच्छेद भएको छ ।
यता कैलालीको धनगढीसहितका क्षेत्रमा भूकम्पको धक्का महसुस हुँदा राति धेरै सर्वसाधारण घर बाहिर निस्केका थिए । जिल्लामा अहिलेसम्म भूकम्पका कारण मानवीय क्षति भएको खबर नपाएको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिनुभयो ।
अछामको शान्तडा र मङ्गलसेन क्षेत्रमा कतिपय घर चर्केको त्यहाँस्थित प्रहरी निरीक्षक कैलास सिंहले जानकारी दिनुभयो । त्यहाँ मानवीय क्षति भएको खबर नआएको उहाँले बताउनुभयो । डोटीका अन्य क्षेत्रमा धेरै व्यक्तिका घरमा चिरा परेको जानकारी आएको जोरायल गाउँपालिकाका मदनराज जोशीले जानकारी दिनुभयो ।
यसैबीच डोटीका समाजसेवी एवं नेपाली कांग्रेसका नेता पदमराज जोशीले भूकम्पबाट पीडित परिवारका लागि रु ५० हजार सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका पदम बोहराको घर भत्किँदा उहाँकी श्रीमती ३५ वर्षीया भगवती बोहरा, १२ वर्षीया छोरी सीता, सात वर्षीय छोरा हर्क बोहराको च्यापिएर मृत्यु भएको थियो । पदम बोहरा भने हाल भारतमा हुनुहुन्छ ।
यसैगरी सोही ठाउँका प्रेम बोहराको घर भत्किँदा निज बोहरासहित उहाँकी छोरी तुल्सी र धनसरा बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भोला भट्टले जानकारी दिनुभयो । घरमा च्यापिएर घाइते भएका पाँच जनाको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #सेना र प्रहरी भूकम्पबाट प्रभावितको उद्धारमा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्