काठमाडौं ४ मा थप शक्तिशाली बन्दै डा. भट्टराईको चुनावी अभियान
काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ अन्तर्गत प्रदेश ४(१) का माओावादी नेताहरु एमाले प्रवेश गरेसँगै डा. राजन भट्टराईको चुनावी अभियान थप शक्तिशाली बनेको छ ।
काठमाडौं महानगरपालिका वडा नं. ८ का नेकपा माओवादी केन्द्रका वडा ईञ्चार्ज रमेश सिं डंगोल, वडा कमिटीका प्रभावशाली सदस्यहरु राजेशमान श्रेष्ठ, विजयमान राज भण्डारी, राजनराज भण्डारी, रोशन कपाली, सुदर्शन बजगाई, र माओवादी केन्द्र बूढानीलकण्ठ नगर कमिटी सचिवालय सदस्य तथा बुद्धिजीवि इञ्चार्ज शान्ता नराललाई नेकपा एमाले काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधि सभा उम्मेद्वार डा. राजन भट्टराई र पोलिटब्यूरो सदस्य तथा निर्वाचन परिचालन कमिटी संयोजक रमेश बडाल, केन्द्रिय सदस्य तथा बागमती प्रदेश सह–इञ्चार्ज धर्मदत्त देवकोटाले अविर र खादा लगाई पार्टी प्रवेश गराएका थिए ।
पार्टी प्रवेश कार्यक्रममा बागमती प्रदेश कमिटी सदस्य निर्मल कुईकेल, निर्वाचन परिचालन कमिटीका सह–संयोजक केदारराज पुडासैनी, प्रदेश ४(१) का उम्मेद्वार तेजप्रसाद ढकाल, निर्वाचन परिचालन कमिटीका सचिव टिका पराजुली, महानगर अध्यक्ष निर्मल देउला, क्षेत्र नं. ४(२) निर्वाचन परिचालन कमिटी संयोजक राजन पोखरेलको समेत उपस्थिति थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #राजन भट्टराई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्