नेकपा एमाले ललितपुर क्षेत्र-३ को प्रतिबद्धतापत्र सार्वजनिक

ललितपुर । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका सन्दर्भमा नेकपा एमाले ललितपुर क्षेत्र-३ को प्रतिबद्धतापत्र सार्वजनिक गरिएको छ ।
नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं ललितपुर जिल्ला इन्चार्ज सुशीला नेपाल, सह इन्चार्ज एवं केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकार, जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य, निर्वाचन क्षेत्र-३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अमृत खड्का, प्रदेश सभा सदस्यका उम्मेदवारहरु क्षेत्र-३ (१) का रघुनाथ महर्जन र ३ (२) का प्रेमभक्त महर्जन लगायतले प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको थियो ।
प्रतिबद्धता पत्रमा ‘ऐतिहासिक, सांस्कृतिक, हस्तकला र सभ्यताको धरोहर, हामी बनाउँछौ सुन्दर, समृद्ध, सम्पदाको ललितपुर सहर’ भन्ने अभिलाषा उल्लेख छ । प्रतिबद्धतापत्रमा समग्र क्षेत्रको विकासको रेखाङ्कन गरिएको छ ।
प्रतिबद्धतापत्र सार्वजनिक गर्दै जिल्ला इन्चार्ज सुशीला नेपालले एमालेका उम्मेदवारहरु विजयी भएपछिका पाँचबर्षमा प्रतिबद्धतापत्र कार्यान्वयन हुने बताउनुभयो ।
प्रतिनिधि सभा सदस्यका उम्मेदवार अमृत खड्काले ललितपुर निर्वाचन क्षेत्र नं. ३ का जनताका लागि सम्मानजनक, सुखी, समृद्ध जीवनयापनका अवस्था सिर्जना गर्न प्रतिबद्ध रहेको वताउनुभयो ।
१६ वटा बँुदा समावेश गरिएको प्रतिबद्धतापत्रमा नीति निर्माणको प्रक्रियामा नागरिकका विचार र दृष्टिकोणलाई समेट्ने उद्देश्यले नियमित रुपमा नागरिक सम्वादको आयोजना गरी जनताका भनाई, विचार र सुझावलाई नीति निर्माणको थलोसम्म पुर्याइने, जनताको अभिमत पूरा गर्न आवश्यक ऐन, कानुन, नीति तथा कार्यक्रमहरु तर्जुमा गर्न प्रभावकारी भूमिका निर्वाह गरिने, पुरातात्विक तथा ऐतिहासिक सम्पदा रहेका बस्तीहरुको अस्तित्व जोगाउन भवन निर्माण संहितालाई परिमार्जन गरी कार्यान्वयन गरिने, नख्खुखोला किनारमा सडक करिडोर निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने, घना तथा जोखिमयुक्त सहरी वस्तीहरु स्थानान्तरण रोक्न नयाँ ढाँचाका बस्ती विकास गर्ने कार्यक्रम कार्यान्वयन गर्ने, कृषिमा आधारित उद्योग स्थापना र बजार व्यवस्थापन गर्न कृषि सहकारी, निजी एवं स्थानीय तहसँग समन्वय गरी व्यावसायिक कृषिमुखी अनुदान, तालिम, प्राबिधिक सहयोग र बजार व्यवस्थापन गर्न पहल गर्ने, कृषिमा आत्मनिर्भरको लागि उन्नत बीउ, उपकरण, प्रबिधि र मल सहज उपलब्ध गराउन आवश्यक पहल गर्ने विषय उल्लेख छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नेकपा एमाले ललितपुर क्षेत्र-३ को प्रतिबद्धतापत्र सार्वजनिक, #प्रतिनिधि र प्रदेश सभा निर्वाचन
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्