चितवनमा टिक्न नसकेपछि प्रचण्ड गोरखा जानुपर्यो : केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनमा टिक्न नसक्ने भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचन लड्न गोरखा जानु परेको टिप्पणी गर्नुभएको छ ।
अध्यक्ष ओलीले आफ्नै जिल्लामा निर्वाचन लड्न नसकेर गोरखा जाने दाहाललाई स्वदेश तथा विदेशमा रहने कुनै पनि नेपालीले साथ दिन नहुने तर्कसमेत गर्नुभयो ।
प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको शनिबार काठमाडौंमा उद्घाटन गर्दै उहाँले चण्डले आफ्नै नेतृत्वमा चलाएको युद्धका कारण धेरै नेपालीले बेसहारा जीवन गुजार्नु परेको उल्लेख गर्नुभयो ।
सशस्त्र युद्धका कारण पीडामा परेकालाई बेवास्ता गरेर आफ्ना परिवार र आफ्न्तको हितमा मात्रै दाहाल लागिपरेको ओलीको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘देशमा १७ हजार मानिस मारिए। विदुवा कति छन् रु कति एकल छन् रु टुहुराटुहुरी छन कति रु बेसहारा बुबा, आमाहरु कति छन कति रु शरीरमा गोली लिएर, अंगभंग भएर ह्वील चियरमा लौरा टेकेर, बैशाकी टेकेर घसारिएर कोही हिँडेका छन् । कोही उठन सक्ने अवस्था छैन। उनीहरुले आवधिक रुपमा उपचार गराईरहनु परेको छ। अनेक पिटाइका कारणले, यातनाका कारणले। अरु विभिन्न देशका इफेक्ट। त्यस्ताका पछाडि नेपाल भित्र मात्रै होइन्, जो आफ्नै गाउँ चितवनमा टिक्न नसकेर भागेर गोरखा जान्छ। अब विदेशमा त्यस्ताका पछाडि लागेर संगठन बनाएर हुन्छ के रु त्यो भन्दा त बरु चुप लागेर सुति खेती गरेर खाए हुन्छ नि। विदेशमा जानु छ, प्रचण्डको संगठन बनाउनु छ। यो कुराबाट सचेत गराएर ती साथीभाइलाई उठाउने कसले रु त्यसबाट उन्मक्ति दिने कसले रु यसको जिम्मा प्रवासी नेपाली मञ्चले लिनुपर्छ।’
क्याटेगोरी : समाचार
ट्याग : #brteaking, #केपी शर्मा ओली, #नेकपा एमाले, #प्रचण्ड
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्