चितवनमा टिक्न नसकेपछि प्रचण्ड गोरखा जानुपर्यो : केपी शर्मा ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनमा टिक्न नसक्ने भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचन लड्न गोरखा जानु परेको टिप्पणी गर्नुभएको छ ।
अध्यक्ष ओलीले आफ्नै जिल्लामा निर्वाचन लड्न नसकेर गोरखा जाने दाहाललाई स्वदेश तथा विदेशमा रहने कुनै पनि नेपालीले साथ दिन नहुने तर्कसमेत गर्नुभयो ।
प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको शनिबार काठमाडौंमा उद्घाटन गर्दै उहाँले चण्डले आफ्नै नेतृत्वमा चलाएको युद्धका कारण धेरै नेपालीले बेसहारा जीवन गुजार्नु परेको उल्लेख गर्नुभयो ।
सशस्त्र युद्धका कारण पीडामा परेकालाई बेवास्ता गरेर आफ्ना परिवार र आफ्न्तको हितमा मात्रै दाहाल लागिपरेको ओलीको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘देशमा १७ हजार मानिस मारिए। विदुवा कति छन् रु कति एकल छन् रु टुहुराटुहुरी छन कति रु बेसहारा बुबा, आमाहरु कति छन कति रु शरीरमा गोली लिएर, अंगभंग भएर ह्वील चियरमा लौरा टेकेर, बैशाकी टेकेर घसारिएर कोही हिँडेका छन् । कोही उठन सक्ने अवस्था छैन। उनीहरुले आवधिक रुपमा उपचार गराईरहनु परेको छ। अनेक पिटाइका कारणले, यातनाका कारणले। अरु विभिन्न देशका इफेक्ट। त्यस्ताका पछाडि नेपाल भित्र मात्रै होइन्, जो आफ्नै गाउँ चितवनमा टिक्न नसकेर भागेर गोरखा जान्छ। अब विदेशमा त्यस्ताका पछाडि लागेर संगठन बनाएर हुन्छ के रु त्यो भन्दा त बरु चुप लागेर सुति खेती गरेर खाए हुन्छ नि। विदेशमा जानु छ, प्रचण्डको संगठन बनाउनु छ। यो कुराबाट सचेत गराएर ती साथीभाइलाई उठाउने कसले रु त्यसबाट उन्मक्ति दिने कसले रु यसको जिम्मा प्रवासी नेपाली मञ्चले लिनुपर्छ।’
क्याटेगोरी : समाचार
ट्याग : #brteaking, #केपी शर्मा ओली, #नेकपा एमाले, #प्रचण्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्