मंसिर ४ को निर्वाचनमा एमालेको बहुमत आँउछ :केपी शर्मा ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ को निर्वाचनमा बहुमत ल्याउने दाबी गर्नुभएको छ ।
अध्यक्ष ओलीले अहिले १५० सिट जित्ने गरी एमाले चुनावी अभियानमा होमिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बहुमत आउन सम्भव नहुने कुरै छैन। प्रतिनिधिसभामा २७५ सिट छ, त्यसमा १३८ आए बहुमत हुन्छ। १५० सिटको गन्त्वयसहित हामी निर्वाचनमा गएका छौँ । एमालेका काम जनताले देखेका छन् ।’
उहाँले समानुपातिकतर्फ एमालेलाई ५१ प्रतिशत लोकप्रिय मत दिए बहुमत पुग्ने बताउनु भयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘प्रत्यक्षमा ९० देखि १०० र समानुपातिकमा ५१ प्रतिशत दिए केही हुँदैन। देशमा स्थिरता हुन्छ । यस पटक जनता ओइरिएका छन्। राष्ट्रयमा स्थिरता र स्थायित्वको मिशन हो यो। पार्टी प्रवेशको लहर चलेको छ बहुमत नल्याउने कुरै छैन।
क्याटेगोरी : समाचार
ट्याग : #केपी शर्मा ओली, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्