Techie IT
शनिबार, असार ३०,२०८१

एमालेको प्रतिबद्धता: श्रमिकहरूको न्यूनतम ज्याला मासिक २५ हजार पुर्‍याउने


काठमाडौँ  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीले ल्याएको घोषणापत्र देश विकासको मार्गचित्र भएको बताउनु भएको छ ।

काठमाडौंस्थित होटल याक एन्ड यतीमा मंगलबार घोषणापत्र सार्वजनिक गरेपछिको संवादमा अध्यक्ष ओलीले जनतालाई छक्याउनका लागि पार्टीले घोषणापत्र अगाडि नल्याएको बताउनु भयो ।

निर्वाचन अगाडि सबैले घोषणापत्र जारी गर्ने भए पनि एमालेको भने पृथक रहेको अध्यक्ष ओलीको भनाइ थियो । उहाँले भन्नुभयो, ‘एमालेले जारी गरेको घोषणापत्र यो जनतालाई अल्मल्याउन, छक्याउनका लागि होइन, यो देश विकासको मार्गचित्र हो । यो देश विकासको निम्ति एउटा संकल्प हो । देश विकासका निम्ति एउटा प्रतिबद्धता हो ।’

एमाले देश विकास गर्ने पार्टी भएको घोषणापत्रले पनि सोही कुरा देखाएको ओलीको भनाइ छ । उहाँले भन्नुभयो, ‘एमाले विकासप्रेमी मात्रै होइन‚ विकासका लागि प्रतिबद्ध र क्रियाशील तथा नेतृत्व गर्न सक्ने पार्टी हो ।’

एमालेलाई एकल बहुमत आवश्यक भएको ओलीको भनाइ छ । उहाँले विगतमा जोडबल गरेर दुई तिहाइ पुर्‍याइएको बताउनु भयो । त्यो बहुमत अरुकै कारणले कायम राख्न नसकिएकाले मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट एमालेलाई बहुमत चाहिएको ओलीको भनाइ थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #केपी शर्मा ओली, #नेकपा एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
5:16 am7:02 pm +0545