निर्वाचन प्रयोजनका लागि भारत सरकारद्वारा २ सय गाडी प्रदान

काठमाडौँ । नेपालमा हुन गइरहेको आगामी निर्वाचन प्रयोजनका लागि भारत सरकारले उपहार स्वरूप २ सय गाडी नेपाल सरकारलाई प्रदान गरेको छ ।
अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले ती गाडीहरूको साँचो अर्थमन्त्री जर्नादन शर्मालाई हस्तान्तरण गर्नु भएको छ ।
गाडीहरूको साँचो ग्रहण गरेपछि बोल्दै अर्थमन्त्री जर्नादन शर्माले नेपाल सरकारको आग्रह बमोजिम भारत सरकारले निर्वाचन प्रयोगका लागि गाडीहरू उपहार स्वरूप प्रदान गरेकोमा भारत सरकारलाई धन्यवाद व्यक्त गर्नु भयो ।
उहाँले भारत नेपालको महत्त्वपूर्ण विकास साझेदार र छिमेकी मुलुक रहेकोले भारतले नेपालमा कोरोना लगायतका अन्य समयमा विभिन्न सहयोग उपलब्ध गराउँदै आएको बताउनु भयो ।
अर्थमन्त्री शर्माले नेपालले भारतसँग सरकारीस्तरमा रासायनिक मल किन्ने सम्झौता गरेको र मल छिट्टै आयात हुने पनि उल्लेख गर्नु भयो ।
कार्यक्रममा नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले भारत सरकारले तर्फबाट नेपालको निर्वाचनका लागि उपहार स्वरूप गाडीहरू प्रदान गर्न पाएकोमा खुशी व्यक्त गर्दै सहयोगले दुई देश बीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग गर्ने बताउनु भयो ।
भारतीय राजदूत क्वात्राले आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न भारत सरकारको तर्फबाट नेपाल सरकारलाई शुभकामना पनि व्यक्त गर्नु भयो ।
भारत सरकारले नेपालमा निर्वाचन प्रयोगका लागि नेपाल सरकारको आग्रह बमोजिम विभिन्न समयमा गरी अहिलेसम्म २ हजार ४ सय गाडीहरू उपहार स्वरूप प्रदान गरेको छ ।
त्यस मध्येमा २ हजार गाडीहरू सुरक्षा प्रयोजनमा प्रयोग भएका छन् भने ४ सय गाडीहरू निर्वाचन प्रयोजनमा प्रयोग भएका छन् । आज प्रदान गरिएका २ सय गाडीहरू मध्ये १ सय २० गाडीहरू सुरक्षा प्रयोजनका लागि र ८० गाडीहरू निर्वाचन आयोगको प्रयोजनका लागि प्रयोग हुने अर्थ मन्त्रालयले जनाएको छ ।
अर्थ मन्त्रालयले ती गाडीहरू भन्सार छुटमा नेपालमा ल्याउने व्यवस्था गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #निर्वाचन प्रयोजनका भारत सरकारद्वारा २ सय गाडी प्रदान
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्