नेकपा (माओवादी केन्द्र) कास्कीका नेताकार्यकर्ता एमालेमा प्रवेश
पोखरा । कास्कीमा नेकपा (माओवादी केन्द्र) का नेताकार्यकर्ता नेकपा ९एमाले० मा प्रवेश गरेका छन् ।
नेकपा ९एमाले० गण्डकी प्रदेश कमिटीले सोमबार पोखरामा आयोजना गरेको कार्यक्रममा माओवादीका पूर्व केन्द्रीय सदस्य तथा प्रदेश कमिटी सदस्य राजु शर्मा तिमिल्सिना, पूर्व जिल्ला कमिटी सदस्य चुणामणि विक र भूपालबहादुर थापा, पोखरा महानगरपालिका–१८ वडा कमिटीका उपाध्यक्ष नारायण तिमिल्सिना, वडाको सचिवालय सदस्य सञ्जीवबहादुर अधिकारी, खडानन्द अधिकारी, सविन तिमिल्सिना, ईश्वर भण्डारी, उदय भण्डारी एमाले प्रवेश गर्नुभएको हो ।
कार्यक्रममा पोखरा महानगरपालिका–१६ बाटुलेचौरका दुई सामाजिक अभियन्ताले पनि एमाले रोजेका छन् ।
हिमालय क्लब पोखरा– १६ का अध्यक्ष मोहन थापा र सोही क्लबका संस्थापक अध्यक्ष तीर्थ तामाङ एमाले प्रवेश गर्नुभएको छ । उहाँहरुलाई एमाले स्थायी समितिका सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारी, प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, पोलिटब्यूरो सदस्य सीता गिरी ओली, केन्द्रीय सदस्य कृष्ण थापालगायत नेताहरूले पार्टीका स्वागत गर्नुभयो ।
यस्तै नेकपा माओवादी केन्द्र पोखरा महानगरपालिका वडा नम्वर २१ का सचिवालय सदस्य शर्मिला भट्टराई, नेकपा एकीकृत समाजवादी पोखरा महानगर कमिटीका सदस्य राजु भुजेल, जमुना सुवेदी लगायतका कार्यकर्ता एमालेमा प्रवेश गरेको एमाले जिल्ला कमिटी कास्कीका सचिवालय सदस्य सन्तु सुवेदीले वताउनुभएको छ ।
तनहुँमा नेकपा एसमा उम्मेदवारद्वारा एमाले उम्मेदवारलाई समर्थन
यसैगरी, तनहुँको निर्वाचन क्षेत्र नम्बर २ प्रदेश ९१० का नेकपा एकीकृत समाजवादीका उम्मेदवार दुर्गाकुमार श्रेष्ठले नेकपा ९एमाले ० का उम्मेदवारलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय गराउनु भएको छ ।
उहाँले विज्ञप्ति निकालेर प्रतिनिधिसभामा एमालेका उम्मेदवार किरण गुरुङ र प्रदेशसभा २ ९१० मा एमालेकै श्यामराज महतलाई जिताउन आह्वान गर्दै आफ्नो उम्मेदवारी अब नरहेको बताउनुभएको छ ।
उहाँले विज्ञप्तिमा लेख्नुभएको छ, ‘कम्युनिष्ट विचार र मान्यताबाट अघि बढिरहेको सचेत कार्यकर्तालाई काँग्रेसको पिछलग्गु भई हिँड्नुपर्ने कुनै कारण नभएको स्पष्ट पार्न चाहन्छु ।’
क्याटेगोरी : समाचार
ट्याग : #hot, #कास्कीका नेताकार्यकर्ता एमालेमा प्रवेश, #नेकपा (माओवादी केन्द्र) कास्कीका नेताकार्यकर्ता एमालेमा प्रवेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्