Techie IT
बुधबार, असार २५,२०८२

रुपन्देहीमा कारको ठक्करबाट ३ जनाको मृत्यु


काठमाडौं । रुपन्देहीमा कारको ठक्करबाट ३ जनाको मृत्यु भएको छ ।

भैरहवाबाट परासीतर्फ जाँदै गरेको नम्बर नखुलेको कारले ठक्कर दिंदा ओमसतिया गाउँपालिका-४ पननीकी १४ वर्षीया सीमा कुर्मी, वर्ष २८ की प्रमिला कुर्मी र ३५ दिनको एक शिशुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा शिशुकी आमा २४ वर्षीया बन्दना कुर्मी र सोही ठाउँ बस्ने २६ वर्षीया मन्जु कुर्मी घाइते भएका छन् । छठ घाटमा हिँडेका उनीहरुलाई कारले ठक्कर दिएको हो ।

ठक्कर दिएर फरार भएको कारको खोजी भइरहेको प्रहरीले बताएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रुपन्देहीमा कारको ठक्करबाट ३ जनाको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Partly Cloudy
5:13 am7:04 pm +0545