दार्चुला घटनामा नेपालले भारतलाई पठायो ‘कूटनीतिक नोट’
काठमाडौं । भारत उत्तराखण्डको धारचुला क्षेत्रमा सडक निर्माणका क्रममा टाउकोमा ढुङ्गा लागेर दार्चुलाका १० वर्षीय पवन महराको मृत्यु भएको घटनाका सम्बन्धमा नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ ।
परराष्ट्र मन्त्रालयले आइतबार भारतीय राजदूतावासमार्फत कूटनीतिक नोट पठाएको मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।
गृह मन्त्रालयले शनिबार सो घट्नाका पीडितलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा सुरक्षा सतर्कताका लागि आवश्यक समन्वय तथा पहल गरिदिन परराष्ट्र मन्त्रालयलाई पत्रमार्फत आग्रह गरेको थियो ।
कात्तिक ११ गते भारत उत्तराखण्डको धारचुला क्षेत्रमा सडक स्तरोन्नति गर्न ब्लाष्टिङ गर्ने क्रममा दार्चुलाको व्यास गाउँपालिका-२ थिई भन्ने स्थानको गोरेटो बाटो छेउ खर्क नजिकको स्थानमा सोही वडाको दुम्लिङ गाउँमा बस्ने हिक्मत महराका छोरा करिब १० वर्षका पवनको टाउकोमा ढुङ्गा लागेर घाइते भई मृत्यु भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #दार्चुला घटनामा नेपालले भारतलाई पठायो ‘कूटनीतिक नोट’, #परराष्ट्र मन्त्रालय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्