मुस्ताङमा हिमपातबाट भेडाच्याङ्ग्रा र चौँरीगाई मरे
पछिल्लो एक महीनायताको हिमपातका कारण मुस्ताङमा सयाँै भेडाच्याङ्ग्रा र चौँरीगाई मरेका छन् ।
चरन क्षेत्रमा परेको हिउँका कारण आहारा खान नपाएर, हिउँले पुरिएर र हिउँ चितुवाले आक्रमण गरेर भेडाच्याङ्ग्रा र चौरी गाई मरेका हुन् । आयआर्जनको मुख्य स्रोत भेडाच्याङ्ग्रा र चाँैरीगाई मरेपछि मुस्ताङका कृषक चिन्तित भएका छन् ।
मुस्ताङका विभिन्न लेकका खर्कमा आइतबारसम्म करीब एक हजार भेडाच्याङ्ग्रा र सयाँैको सङ्ख्यामा चौँरीगाई मृतावस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लोमान्थाङको चुम्जुङमा ङुटुक गुरुङले पालेका ४५० भेडाच्याङ्ग्रा, हिमा लामाको ६० वटा भेडाच्याङ्ग्रा, सोनाम गुरुङ, वाङ्दी गुरुङ, खुङ्गा गुरुङका ६० वटा चौँरीगाई, कोरला नाका नजिकैको खर्कमा ५२ वटा भेडाच्याङ्ग्रा मरेका छन् ।
घमी र समरको लेक, किमखर्कलगायतका ठाउँका गोठमा पालिएका भेडाच्याङ्ग्रा र चाँैरी गाई पनि मरेका छन् । बाक्लो हिउँ जमेकाले हिँडेर अन्यत्र लैजान नसकिएको, घाँस खान नपाएको र चिसोले वस्तुभाउ मरेका कृषक सोनाम गुरुङले बताउनुभयो ।
उहाँका अनुसार वस्तुभाउ मर्ने क्रम निरन्तर जारी छ । माघ दोस्रो हप्तादेखि फागुन दोस्रो हप्तासम्म निरन्तर हिमपात भएको थियो । घरमा पालिएका वस्तुभाउलाई सुख्खा नल, पराल खुवाए पनि ठूलो सङ्ख्यामा व्यावसायिकरुपमा पालिएका भेडाच्याङ्ग्रा र चौँरीगाईलाई आहाराको अभाव भएको हो ।
सडकमा हिउँ जमेकाले उपल्लो मुस्ताङ यातायात सेवाबाट पनि सम्र्पक विच्छेद भएको छ । जिल्ला समन्वय समिति, स्थानीय तह र वडाका जनप्रतिनिधि तथा सुरक्षा निकायले हिउँले अवरुद्ध सडक खुलाउन र पशुधनको क्षति विवरण सङ्कलन शुरु गरेका छन् ।
तल्लो मुस्ताङको नमखु, मार्फा लेक र धौलागिरि चौँरीपालन समूहको खर्कमा पनि हिउँका कारण चौँरीगाईका बाच्छा, बाच्छी र भेडा, च्याङ्ग्राका पाठापाठी मरेका छन् । मुस्ताङबाट निर्वाचित प्रतिनिधि र प्रदेशसभाका सांसदले हिमपातका कारण अस्तव्यस्त र कष्टकर बनेको जनजीवनलाई सहज बनाउन तथा क्षति ब्यहोरेको कृषकलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #भेडाच्याङ्ग्रा र चौँरीगाई मरे
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्