मुलुकको राजनीतिलाई प्रदुषित गर्ने आपराधिक धन्दालाई एमालेले चिर्छ: ईश्वर पोखरेल
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धनको एकमात्रै उदेश्य एमाले सिद्धाउने मात्रै रहेको बताएका छन् ।
गठबन्धनको दृष्टिकोण, उद्देश्य, कार्यक्रम, गन्तव्य नरहेको र एमाले सिद्धाउनमा मात्रै ध्यान केन्द्रीत रहेको उपाध्यक्ष पोखरेलले बताएका हुन् । एमालेको उदेश्य राजनीतिक स्थायित्व, मुलुकको बिकास र हित मात्रै रहेकाले जनताले विश्वास गर्ने पोखरेलको भनाई छ ।
नीतिहिन, सिद्धान्तहिन र अस्थीरता सिर्जना गर्नेलाई पाखा लगाएर मुलुकलाई बिकासको बाटोमा अघि बढाउनुपर्ने पोखरेलले बताए । त्यस्तै पोखरेलले तिहार लगतै एमालेले पार्टीको घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिए ।
घोषणापत्रमा यसअघि एमाले सरकारले गरेका काम र योजनाहरु आउने बताए । अहिले पनि मुलुकको राजनीतिलाई प्रदुषित गर्ने अपराधिक धन्दा चलिरहेको भन्दै पोखरेलले त्यसले सिर्जना गरेका भ्रमहरुलाई एमालेले चिर्ने जिकिर गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ईश्वर पोखरेल, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्