माओवादी र नेकपा एसको सिंगो कमिटी एमालेमा विलय
ओखलढुंगा । ओखलढुंगाको जन्तरखानीका २६५ जना एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका नेता मदनबहादुर मगरको नेतृत्वमा माओवादी, कांग्रेस, जसपा र नेकपा एसका नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गर्नुभएको हो ।
नवप्रवेशीहरुले पूर्वमन्त्री अम्बिरबाबु गुरुङको विकास निर्माणको योजनालाई साथ दिँदै विकासको बाँकी काम सम्पन्न गर्न एमाले प्रवेश गरेको बताएका छन् । मंसिर ४ मा हुने निर्वाचनमा एमालेको विजय सुनिश्चित गराउन लाग्ने तयारी सहित जन्तरखानीका माओवादी, जसपा, कांग्रेस र एसका नेता कार्यकर्ता एमाले प्रवेश गरेको एमाले नेता मनोज मगरले बताउनुभयो ।
उहाँका अनुसार जन्तरखानी एमालेमय बनेको छ । स्थानीय निर्वाचनमा माओवादी र नेकपा एसका वडाअध्यक्ष र सदस्यका उम्मेदवारहरु सबै एमाले प्रवेश गरेका छन् ।
एमाले केन्द्रीय सदस्य यज्ञराज सुनुवार र पूर्वमन्त्री अम्बिर गुरुङ, जिल्ला अध्यक्ष शंकर कटवाल, प्रदेश कमिटी सदस्य इच्छाकुमारी गुरुङ लगायतले नव प्रवेशीलाई पार्टीमा स्वागत गर्नुभयो । जन्तरखानीमा माओवादी र नेकपा एस पार्टी नै एमालेमा विलय भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #माओवादी र नेकपा एसको सिंगो कमिटी एमालेमा विलय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्