सर्वोच्च अदालत सेटिङको अखडामा परिणत: केपी ओली
ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालत सेटिङको अखडामा परिणत भएको बताउनुभएको छ ।
नेकपा एमाले ललितपुरले तिहार तथा नेपाल संवतको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष ओलीले कुनै व्यक्तिलाई प्रधानमन्त्री तोक्न घण्टा तोकेर दिइएको परमादेश ऐतिहासिक गल्ती गरेको सर्वोच्चले अब त्यस्तो दोहोरिन नपाउने बताउनुभएको छ ।
ओलीले भन्नुभयो–अदालतले संविधानका नाममा जे मन लाग्यो त्यही फैसला गर्छ । अदालतमा न्यायाधीशहरुले हडताल गरेर तमासा देखाउँछन् । प्रधान न्यायाधीशलाई कुर्सीमा बस्न दिइनन् । एउटा न्यायाधीशले अर्कोलाई लाञ्छित गर्छ । प्रधान न्यायाधीशलाई घरमा नजबरन्द गरिन्छ । अधिवक्ता र तीनका संस्थाले न्यायालयको हुर्मत लिन्छन् । यो भन्दा तमासा के हुन्छ ?
ओलीले लोकतन्त्रलाई परमादेश होइन जनादेशमार्फत बलियो बनाउनुपर्ने र त्यसका लागि मंसिर ४ गते जनताले फैसला गर्नुपर्ने बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #केपी शर्मा ओली, #सर्वोच्च अदालत सेटिङको अखडामा परिणत: केपी ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्