Techie IT
सोमबार, माघ २८,२०८१

जनताको सेवा र संघीयतालाई व्यवस्थित गर्न मेरो उम्मेद्वारी : सबिन तामाङ


काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट काठमाडौं क्षेत्र नं ७ प्रदेश ख तर्फ प्रदेश सभा सदस्य उम्मेद्वार सबिन तामाङले आफु जनताको सेवाका निम्ति उम्मेदवारी दिएको बताएका छन् ।

कार्यक्रममा बोल्दै तामाङले आफू सामु जनताको ठूलो आशा र भरोसा रहेको र यहाँको जीवन्त समस्याहरु समाधान आफूले गर्ने बताएका छन् ।

‘जनतालाई धुवा र धुलोमुक्तिका निम्ति सडका निर्माणको कार्यलाई तिव्रता दिनु छ । यातायातको सुव्यवस्थित गर्न पहलकदमी लिनु छ । यहाँको ग्रामीण बस्तिको प्रदेश सरकार मार्फत् शिक्षा स्वास्थ्य र सडकको पूर्वाधारमा काम गर्नु छ ।यहाँको किसानहरुले भोगिरहेको समस्यालाई नीतिमार्फत हल गर्नु छ ।’ तामाङले भने ।

व्यवस्थित शहरी क्षेत्रका निम्ति स्थानीय सरकारसँग हातेमालो गर्दै धार्मिक पर्यटकीय क्षेत्रलाई उपत्यकाको प्रमुख गन्तव्य स्थल र आकर्षणको रुपमा व्वस्थित गर्नुपर्ने लगायत कामहरु आफुले गर्ने तामाङले बताए ।

उनले आफु निर्वाचित भएपछि सिंहदरबारको अधिकार वडा वडामा पुर्याउन पहलकदमी लिने समेत बताए र आफ्नो जोड विकेन्द्रीकरण मार्फत् मुलुकलाई समुन्नति र संघीयतालाई सुदृढ बनाउन योगदान गर्ने बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #सबिन तामाङ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Mist
6:43 am5:52 pm +0545