नेकपा एमालेले घोषणापत्रमा दीर्घकालीन आयोजना नराख्ने
काठमाडौं । नेकपा एमालेले घोषणापत्रमा दीर्घकालीन आयोजना नराख्ने भएको छ । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि तयारी गरिरहेको घोषणापत्रमा एमालेले दीर्घकालीन आयोजना नराख्ने जनाएको हो । पार्टी उपाध्यक्ष तथा घोषणापत्र मस्यौदा समितिकी सदस्य अष्टलक्ष्मी शाक्यका अनुसार एमालेले घोषणापत्रमा पाँच वर्षभित्र गर्न सक्ने काम मात्रै समावेश गर्ने भएको छ ।
उहाँले एमालेले पुराना दीर्घकालीन आयोजनाका साथै नयाँ आयोजना पनि थप नगर्ने बताउनु भयो । एमालेले रेल, पानीजहाज, मेट्रो रेल जस्ता दीर्घकालीन आयोजना नराख्ने शाक्यले बताउनु भयो । उहाँले पाँच वर्ष भित्र गर्न सकिने शिक्षा, स्वास्थ्य, बाटो, पुल जस्ता विषयलाई प्राथमिकता दिएको बताउनुभयो । एमालेले घोषणापत्र तिहारपछि सार्वजनिक गर्दै छ ।
घोषणापत्रका लागि एमालेले सुझाव संकलन, अध्ययन र लेखनको काम गरिरहेको छ । एमालेले घोषणापत्र निर्माणका लागि अध्यक्ष केपी शर्मा ओलीकै संयोजकत्वमा आठ सदस्यीय समिति बनाएको थियो । एमालेको घोषणापत्र मस्यौदा समिति सदस्यमा पोखरेलसहित उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल तथा उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल रहनुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेकपा एमाले, #नेकपा एमालेले घोषणापत्रमा दीर्घकालीन आयोजना नराख्ने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्