शेयर बजारको परिसूचक नेप्से कारोबार आज पनि घट्यो
काठमाडौँ । साताको पहिलो दिनदेखि घट्न थालेको नेपाली शेयर बजारको परिसूचक नेप्से कारोबार आज पनि घटेको छ ।
बुधवार नेप्से परिसूचक १२.८१ अङ्कले घटेर १८४५.५१ विन्दुमा झरेको छ । २१६ कम्पनीहरूको २० हजार २७४ पटकको कारोबारमा ६४ करोड ३६ लाख ७ हजार कित्ता शेयर २१ लाख ५१ हजार कित्ता शेयर किनबेच भएको छ ।
नेप्से ओरालो लागे पनि यस दिन तीन कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कारोबार रकमका आधारमा यस दिन सोल्टी होटल शीर्ष स्थानमा रहेको छ । होटेलले २६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेसँगै होटलको ३ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
बुधबार १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी उपसमूहको परिसूचक घटेको छ ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #शेयर बजारको परिसूचक नेप्से कारोबार आज पनि घट्यो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्