Techie IT
मंगलबार, वैशाख ८,२०८३

टी–२० विश्वकपमा जिम्बावेलाई ३१ रनले हराउँदै वेस्ट इन्डिज विजयी


काठमाडौँ ।अस्ट्रेलियमा जारी टी–२० विश्वकप क्रिकेटमा आज भएको समूह बि को चौथो खेलमा वेस्ट इन्डिजले जिम्बावेलाई ३१ रनले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १५३ रन जोड्यो । वेस्ट इन्डिजका लागि जोन्सोन चाल्सले सर्वाधिक ४५ रनको योगदान गरे ।

जवाफी ब्याटिङमा उत्रिएको जिम्बावेले संयमित भएर खेल्न नसक्दा १८.२ ओभरमा सबै विकेट गुमाएर १२२ रनमा समेटियो । जिम्बावेका लागि लुक जन्ग्वेले सर्वाधिक २९ रन जोडे ।

जिम्ववको इनिङ्स धरासायी बनाउने क्रममा वेस्ट इन्डिजका अल्जारी जोसेफले ४ र जसन होल्डरले ३ विकेट लिए ।

यो जितसँगै वेस्ट इन्डिजले समूह तालिकामा २ अङ्क जोडेको छ । समूह बि का चार वटै टोली वेस्ट इन्डिज, जिम्बावे, स्कटल्यान्ड र आयरल्यान्डले समान एक जित र एक हार बेहोरेर २/२ अङ्क बटुलेका छन् ।

चार वटै टोलीको सुपर १२ मा पुग्ने सम्भावना बराबरी छ ।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #टी–२० विश्वकपमा जिम्बावेलाई ३१ रनले हराउँदै वेस्ट इन्डिज विजयी


तपाईको कमेन्ट लेख्नुहोस्