कृषि उपजको मूल्य निर्धारण आयोग गठन गर्न माग
प्रतिनिधिसभाको आजको बैठकमा कृषि उपजको मूल्य निर्धारण गर्न पाउने गरी ‘कृषि उपजको मूल्य निर्धारण आयोग’ गठन गर्नुपर्ने माग उठेको छ ।
किसानले आफूले उत्पादन गरेको कृषि उपजको मूल्य आफैँ निर्धारण गर्न पाउने गरी आयोग गठन हुनुपर्ने र उपजको मूल्य निर्धारणमा किसान संलग्न हुनुपर्ने भन्दै बैठकमा सांसद हृदयेश त्रिपाठीले सरकार र सदनको ध्यानाकर्षण गराउनुभयो ।
सभामुखसँग समय माग गर्दै सांसद त्रिपाठीले किसानले उत्पादन गरेको कृषि उपज विचौलियाले निर्धारण गरेर किसान र उपभोक्तालाई समेत दिनदहाडै ठगी गरिरहेकाले तत्काल कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ध्यान दिनुपर्ने र त्यस्तो आयोग गठन गर्नुपर्ने सांसद त्रिपाठीको माग छ ।
बजारलाई कृषि उपजको मूल्य निर्धारण गर्न दिँदा किसान मर्कामा परेको विषय आफूले पटक पटक सदनको ध्यानाकर्षण गराएको भए पनि सुनुवाइ नभएको उहाँको भनाइ छ ।
यस्तै सांसद त्रिपाठीले उखु किसानलाई सरकारले दिएको अनुदान प्राप्त गर्न कठिनाइ भएको भन्दै किन त्यस्तो भएको हो भन्ने प्रश्न गर्नुभयो ।
सरकारले निर्धारण गरेको अनुदानको २० प्रतिशत मात्रै किसानले प्राप्त गरेको भन्दै उहाँले सम्बन्धीत मन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।
यस वर्ष उखु क्रसिङ ढिलो शुरु भएको जानकारी दिँदै उहाँले एक हप्ता मात्रै कारखाना चलाएर सुनवलको चिनी कारखानाले किसानलाई मर्कामा पारेको भन्दै तत्काल सरकारले हस्तक्षेप गर्नुपर्नेमा जोड दिनुभयो ।
सांसद पुष्पा भुसालले वीरगञ्जस्थित तत्कालीन यातायात संस्थानबाट बिपी उद्यान निर्माण गर्न बिपी उद्यानको नाउँमा खरीद गरिएको १० बिघा जग्गा २ नं प्रदेश सरकारले शहीद पार्क निर्माणको नाममा हस्तक्षेप गरेको बताउँदै प्रदेश सरकारले बिपीको इतिहास मेटाउन खोजेको आरोप लगाउनुभयो । सङ्घीय सरकारले सो विषयमा तत्काल निर्णय गर्नुपर्ने उहाँको माग थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #कृषि उपजको मूल्य निर्धारण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्