प्रधानमन्त्री र दुर्लभ थापाले निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
काठमाडौँ । निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । कामचलाउ भूमिकामा रहेको सरकारले दूरगामी निर्णय गरेको भन्दै आयोगले मंगलबार स्पष्टीकरण सोधेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता समेत जनाएको अवस्थामा नयाँ नीति पारित गरेको हो वा होइन भन्दै आयोगले स्पष्टकीरण सोधेको हो ।
आयोगले प्रधानमन्त्री कार्यालयलाई लेखेको पत्रमा भनिएको छ, ‘सरकारले नयाँ नीति तथा कार्यक्रम पारित गरेको हो वा होइन ? आयोगको सहमती बेगर नयाँ नीति कार्यक्रम गरेको हो भने सम्बन्धित पदाधिकारीलाई निर्वाचन आचारसंहिताको उल्लंघनमा किन कारबाही नगर्ने ?’ आयोगले प्रधानमन्त्री कार्यालयलाई बुधबारसम्म यी प्रश्नको जवाफ दिन निर्देशन दिएको छ । आयोगले भक्तपुर क्षेत्र नं २ का कांग्रेसका उम्मेदवार दुर्लभ थापालाई पनि आचारसंहिता उल्लंघन गरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #निर्वाचन आयोग, #प्रधानमन्त्री र दुर्लभ थापाले निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण, #शेरबहादुर देउवा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्