निर्वाचन सम्बन्धी जिज्ञासा र गुनासाका लागि कल सेन्टर

काठमाडौँ । “राजनीतिक गतिविधि र व्यक्ति जोडिनु भएन र मतदातालाई प्रभावित गर्ने काम पनि गर्नुभएन । बाँकी तपाईँको जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा गएर बुझ्नुहोला ।”निर्वाचन आयोगको सबैभन्दा माथिल्लो तलामा रहेको कल सेन्टरमा कार्यरत राजाराम अर्याल सिराहाबाट एक मतदाताले सोधेको प्रश्नको जवाफ दिँदै हुनुहुन्छ । त्यहाँको एउटा युवा क्लबले सम्मानको कार्यक्रम आयोजना गर्न लागेको रहेछ । क्लबका एक युवाले निर्वाचनका बेला यस्तो कार्यक्रम गर्न पाइन्छ कि पाइँदैन रु भनेर कल सेन्टरमा बुझ्न चाहेका रहेछन् ।कल सेन्टरमा दैनिक निर्वाचनसँग सम्बन्धित करिब २ सय फोन आउँछन् । त्यहाँ कार्यरत ८ जनालाई टेलिफोन उठाएर जवाफ दिन भ्याइनभ्याइ हुने गर्छ । मतदाता नामावलीमा नाम हेरिदिनुपर्यो भन्नेदेखि उमेद्ववारका उजुरीसम्बन्धी जिज्ञासा कल सेन्टरमा आउने गर्छ ।
त्यसैगरी निर्वाचन आचारसंहिता, निर्वाचन कानून, उम्मेदवारको सङ्ख्या, मतदान केन्द्र, क्षेत्रगत मतदातासंख्या, निर्वाचन खर्च, मतदाता परिचयपत्रलगायतका प्रश्न बढी सोधिने गरिएको छ । कल सेन्टरमा कार्यरत कर्मचारीहरूका टेबलमा कानुनका ठेली, निर्वाचन आचारसंहितालगायतका कागजातहरू छरपस्ट छन् । अर्थात् उनीहरू कल सेन्टरमा आउने हरेक प्रश्नको उत्तरका लागि तयारी अवस्थामा छन् । त्यसो त उनीहरुलाई अभिमुखीकरण तालिम दिएर नै कार्यकक्षमा खटाइएकाले प्रत्येक प्रश्नका उत्तर दिन उनीहरू आफै सक्षम छन् । यदाकदा कल सेन्टरमा आएको प्रश्नको उत्तर दिन उनीहरूले सकेनन् भने निर्वाचन आयुक्तदेखि विभिन्न शाखाहरूमा कल फरवार्ड गरेर जिज्ञासाको जवाफ दिन सक्ने व्यवस्था गरिएको छ । कल सेन्टरका सुपरभाइजर मधुसुदन पुडासैनीले जटिल प्रश्नहरु आए भने प्रमुख निर्वाचन आयुक्त र प्रत्येक शाखाका कर्मचारीको मोबाइलमै कल पास गर्न सकिने व्यवस्था रहेको जानकारी दिनुभयो ।
कल सेन्टरको टोल फ्री नम्बर ११ सय २ मा बिहान नौ बजेदेखि बेलुकी सात बजेसम्म फोन गरेर जिज्ञासा र गुनासाहरू राख्न सकिन्छ । त्यसपछि भने सोधिएका प्रश्न र प्रश्न गर्नेको टेलिफोन नम्बर अटोमेटिक रेकर्ड हुन्छ र भोलिपल्ट आएर कर्मचारीले रेकर्डमा सोधिएको प्रश्नको उत्तर कल ब्याक गरेरै दिन्छन् ।
सेन्टरमा एक मिनेटमा १५ वटासम्म फोन उठाउन मिल्ने गरी सिस्टम जडान गरिएको छ । सर्वसाधारणको जिज्ञासालाई तत्काल सम्बोधन गर्न कल सेन्टरको स्थापना गरिएको बताउनुहुन्छ निर्वाचन आयुक्त डा। जानकीकुमारी तुलाधरले बताउनुभयो ।
निर्वाचन आफ्ना प्रतिनिधि चुन्ने अवसर हो । कहिले रु कहाँ रु कसरी रु र कसलाई आफ्ना प्रतिनिधिका रुपमा चुन्न सकिन्छ भनेर जान्न पाउने आम मतदाताको अधिकार हो ।
क्याटेगोरी : समाचार
ट्याग : #निर्वाचन सम्बन्धी जिज्ञासा र गुनासाका लागि कल सेन्टर
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्