गगन थापालाई राजन भट्टराईको प्रश्न , एमालेले गरेका विकास निर्माणको भिडिओ बनाएर किन जस लिन खोजेको ?
काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार डा.राजन भट्टराईले आफ्ना प्रतिस्पर्धी कांग्रेस महामन्त्री गगन थापाले एमालेले गरेका विकासका कामलाई आफूले गरेको भनेर भ्रम र्छन खोजेको आरोप लगाएका छन् ।
भट्टराईले भने–गगन थापा भिडिओहरु बनाएर कमलपोखरी मैले बनाएको भन्दै हुनुहँदो रहेछ । कमल पोखरी बनाउनु हुन्न भनेर तत्कालीन मेयर विद्यासुन्दर शाक्यलाई चिठी लेख्नै तपाई होइन ? उहाँले लेखेको त्यो चिठी अहिले पनि हामीसँग छ । आज विद्यासुन्दर नेतृत्वको महानगरले बनाएको कमलपोखरीको भिडिओ राखेर मैले बनाएको भन्न लाज लाग्दैन ?
साततलेबाट तेन्जिङचोक हुँदै कपन खरिबोटको कालोपत्रे सडक बनाउन कति ठाउँमा दौडधूप भयो,यसको साक्षी ११ नम्बर वडाको वडाध्यक्ष शम्भु भट्टराई यहिँ हुनुहुन्छ । आज गगनजी त्यो सडक पिच पनि मैले गरेको भन्दै भिडिओ प्रचार गर्दै हुनुहुन्छ । यस्ता भ्रम बाहिरका मान्छेले पत्याउलान् तर कपनका र यो क्षेत्रका मान्छेले पत्याउँदैनन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गगन थापालाई राजन भट्टराई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्