Techie IT
मंगलबार, साउन १,२०८१

इरानलाई अमेरिकाले अस्थिर बनाउन खोजेको आरोप


तेहरान I इरानी राष्ट्रपति इब्राहिम रायसीले बिहीबार संयुक्त राज्य अमेरिकाले इस्लामिक गणतन्त्रविरुद्ध अस्थिरताको नीति अवलम्बन गरेको आरोप लगाउनुभएको छ । यहाँ महसा अमिनीको मृत्युलाई लिएर विरोध प्रदर्शन भइरहेको छ ।

सैन्यकरण र प्रतिबन्धहरूमा अमेरिकाको असफलतापछि वाशिङटन र उसका सहयोगीहरूले अस्थिरताको असफल नीतिको सहारा लिएका रायसीले कजाकस्तानमा भएको शिखर सम्मेलनमा बताउनु भएको उहाँको कार्यालयले जानकारी दिनु भएको छ । रासस


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #अमेरिकाले इरानलाई अस्थिर बनाउन खोजेको आरोप


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
26°
Drizzle
5:18 am7:01 pm +0545