गोरखामा ७ जनाले लिए उम्मेदवारी फिर्ता

गोरखामा ७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । गोरखामा पार्टीगत र स्वतन्त्र उम्मेदवारी दिएका गरी ७ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएकी माधवी भट्ट पराजुलीसहित जिल्लाभर ७ जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतकव कार्यालयले जनाएको छ ।
क्षेत्र नम्बर २ ‘क’ प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका गण्डकी प्रदेशका ऊर्जा जलस्रोतमन्त्री हरिशरण आचार्यले पनि स्वतन्त्र उम्मेदवारी फिर्ता लिएका छन् । उक्त प्रदेशमा नेसपानिकटकै फणीन्द्र देवकोटा सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार छन् ।क्षेत्र नं. २ को ‘क’ मा उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका जुद्धविलास भण्डारी र नेमकिपाकाका बेलबहादुर बस्नेतले पनि उम्मेदवारी फिर्ता लिएका छन् । अब गोरखा- २ को प्रतिनिधिसभा सदस्यका लागि हुने निर्वाचनमा १२ जना उम्मेदवार रहेको निर्वाचन नारदप्रसाद भट्टराईले बताए ।
त्यस्तै क्षेत्र नं. १ को ‘ख’ मा स्वतन्त्र उम्मेदवारी दिएका तीन जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । आरुघाट गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहेका पूर्ण दाहालले उम्मेदवारी फिर्ता लिएका हुन् । उनी नेपाली कांग्रेसनिकट नेता हुन् । उक्त प्रदेशमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेविरुद्ध उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।सोही प्रदेशमा नेकपा माओवादी केन्द्रनिकटका राजकुमार ढकाल र नेकपा एकीकृत समाजवादीका टेकराज भट्टले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।
क्षेत्र नम्बर १ को प्रतिनिधिसभातर्फ १० जना र २ को प्रदेशसभातर्फ ७/७ जना उम्मेदवारी कायम भएको छ । बुधबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन अधिकृतको कार्यालयको तयारी छ ।
क्याटेगोरी : समाचार
ट्याग : #गोरखामा ७ जनाले उम्मेदवारी फिर्ता लिए, #गोरखामा ७ जनाले लिए उम्मेदवारी फिर्ता
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्