Techie IT
बुधबार, असार २५,२०८२

सन्दीपलाई बलात्कारी आरोप लगाउने जाहेरीवालाकी दुईवटा जन्मदर्ता भेटिएको दाबी


काठमाडौं । बलात्कार आरोपमा न्यायिक हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्ध उजुरी दिने नाबालिग नरहेको जानकारी गराएका छन् ।

सोमबार म्याद थपका लागि प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएका सन्दीपले न्यायाधीशसमक्ष जाहेरीवाला १९ वर्षकी युवती रहेकी जानकारी गराएका हुन् ।

न्यायाधीशले घटनाबारे सोधेपछि सन्दीपले जाहेरीवालाले आफू १९ वर्षको रहेको बताएकी जानकारी गराएका उनका कानून व्यवसायी सरोजकृष्ण घिमिरेले जानकारी दिए ।

सोमबार हिरासतमा राख्न म्याद थपका लागि प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको हो । अदालतमा परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सन्दीपका अर्की कानून व्यवसायी सुधा रिजालले जाहेरीवालाको दुईवटा जन्मदर्ता भेटिएको दाबी गरेकी छिन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #सन्दीप


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Partly Cloudy
5:13 am7:04 pm +0545