प्रहरी नायब निरीक्षक खड्का चितवन प्रहरीकै “उत्कृष्ट प्रहरी”

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब निरीक्षक राजन बहादुर खड्का (मंगलबार) चितवन प्रहरीकै “उत्कृष्ट प्रहरी घोषित” भएका छन् ।
आफूलाई दिइएको जिम्मेवारी इमान्दार, अनुशासित एवं उत्कृष्ट ढंगले सम्पादन गरी विभागीय मुल्य-मान्यता, आदेश-निर्देशनको समेत पालना गरी कुशलतापुर्वक एवं प्रसंनीय ढंगबाट सम्पादन गरेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनले प्रहरी नायब निरीक्षक खड्कालाई “भाद्र महिनाको उत्कृष्ट प्रहरी” घोषित गरेको हो ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै जिल्लाभरका प्रहरी कर्मचारीहरु मध्यबाट प्रत्यक महिना “उत्कृष्ट प्रहरी छनौट” गर्दै आइरहेको जिल्ला प्रहरी कार्यालयले राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो काम गर्नेलाई दण्डित गर्ने अवधारणा अनुसार प्रहरी नायब निरीक्षक खड्कालाइ निजले गरेको कामको उच्च मुल्यांकन गर्दै पुरस्कृत गरिएको उनलेे बताए ।
खड्का “उत्कृष्ट प्रहरी घोषित” भएसँगै जिल्ला प्रहरी कार्यालय चितवनका कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले उनलाई प्रशंसा पत्र समेत प्रदान गरेका थिए । प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेको उनको भनाई छ ।
खड्काले विभिन्न मितिमा कर्तव्यज्यान घट्नामा संलग्न रहि फरार रहेका तीन जना फरार प्रतिवादी पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएको, डकैती तथा ज्यान मुद्दामा वरदात पश्चात फरार रहेका एक जना प्रतिवादीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन, मनि ट्रान्सर्फरमा दिनदहाडै भएको डाँका घट्नामा सफल अनुसन्धान गरी अभियुक्तलाई पक्राउ गर्न, चोरी तथा हराएको मोबाईल खोजतलास गर्ने क्रममा फेला परेको मोबाईल सम्बन्धि धनीलाई हस्तान्तरण गर्नुको साथै, अवैध रूपमा भन्सार छली ल्याइएको सामान राजर्श्वमा दाखिला गर्न सफल भएको प्रशंसा पत्रमा उल्लेख छ ।
व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याएकोले निजले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै “उत्कृष्ट प्रहरी घोषणा” गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिए ।
सिमा प्रहरी चौकी भिष्वा पर्सा दरबन्दी भई १५ महिनादेखि जिल्ला प्रहरी कार्यालय चितवनमा खटिएका खड्का ४ महिना देखी सूचना संकलनमा खटिएका छन् । खड्का ब्यवसायिक छवि भएका प्रहरी अधिकृतका रूपमा समेत चिनिन्छन् । खड्कालाई सम्मान गरेसंगै अन्य प्रहरी कर्मचारीहरुको समेत मनोबल बढ्ने भएकोले उनलाई सम्मान गरिएको चितवन प्रहरीले जनाएको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी सर्वोत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर जिल्ला प्रहरी कार्यालयमा निर्माण गरिएको स्तम्भमा एक महिनासम्म राखिदै आईरहेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
तपाईको कमेन्ट लेख्नुहोस्