शेखर पक्षद्धारा सभापति देउवामाथि दबाब बढाउन छुट्टै भेला

काठमाडौं । चुनावमा आफ्नो पक्षका नेतालाई सकेसम्म धेरै टिकट दिलाउन नेपाली कांग्रेसको शेखर कोइराला पक्ष छलफलमा जुटेको छ ।
प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवालाई दबाब बढाउन स्वयम्भूमा बसेको शेखर पक्षको बैठकले भोलि (शनिबार) हुने भेलाको बारेमा तयारी गरेकाे छ ।
बैठकमा शेखर पक्षका केन्द्रीय सदस्य, केही जिल्ला सभापति, पूर्व जिल्ला सभापति, प्रदेश समितिका पदाधिकारी, भातृ संस्थाका नेताहरु लगायत सहभागी छन् ।
टिकटमा सम्मानजनक हिस्सेदारीको माग गर्ने देउवालाई थप दबाब बढाउन भेला गर्न लागिएको नेता जगदिश नरसिंह केसीले बताए । शनिबार हुने भेलामा टिकटका प्रत्यक्ष तथा समानुपातिक तिर सिफारिस परेका र आकांक्षीहरु पनि सहभागी हुने छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #शेखर पक्षद्धारा सभापति देउवामाथि दबाब बढाउन छुट्टै भेला
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्