डेंगी नियन्त्रणमा सरकारको प्राथमिकता पुगेन: गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री एवम् पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले तीव्र रूपमा फैलिरहेको डेंगी नियन्त्रणमा वर्तमान सरकारको पर्याप्त ध्यान र प्राथमिकता नपुगेको बताएका छन् ।
सत्तारुढ प्रमुख दलका नेता समेत रहेका थापाले सरकारको कामकारबाहीबारे असन्तुष्टि व्यक्त गर्दै सो कुरा बताएका हुन् ।
आज मंगलबारदेखि काठमाडौंमा शुरू भएको नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा महामान्त्री थापाले स्थानीय सरकारले समेत डेंगी महामारी नियन्त्रणका लागि प्राथमिकता दिन नसकेको बताएका छन् ।
कोरोना महामारीबाट सिकेको पाठलाई सरकारले अहिले प्रयोग गर्नुपर्ने भए पनि त्यसो हुन नसकिरहेको उनको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #गगनकुमार थापा, #नेपाली कांग्रेस
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्