कैलालीमा छुट्टाछुट्टै स्थानमा दुई जना मृत भेट्टिए

कैलाली । कैलालीमा आज दुई जना छुट्टाछुट्टै स्थानमा मृत अवस्थामा भेट्टिएका छन् ।
गोदावरी नगरपालिका वडा नम्बर १२ को शान्तिनगर र धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा गरी दुई जना मृत अवस्थामा भेट्टिएका प्रहरीले जनाएको छ ।
गोदावरी १२ को शान्तिनगरमा २५ वर्षीय मदन बडेला र धनगढी उपमहानगरपालिका १ को कैलाली कारागार पछाडि कञ्चनपुरको कृष्ण नगरपालिका नगरपालिका वडा नम्बर ८ का ७४ वर्षीय धनसिंह जेठारा मृत अवस्थामा भेट्टिएका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।
आज बिहान आफ्नै घरको आँगनमा मृत अवस्थामा भेटिएको बडेलाको टाउको र खुट्टामा चोट लागेकाले हत्या आशङ्कामा अनुसन्धान अघि बढाइएको प्रवक्ता जोशीले बताउनुभयो ।
छोरीको घर आएका जेठारा मङ्गलवार साँझ बाहिर निस्किएका र अबेरसम्म नफर्किएपछि खोजी गर्दै जाँदा आज बिहान मृत अवस्थामा भेट्टिएका र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #कैलालीमा छुट्टाछुट्टै स्थानमा दुई जना मृत भेट्टिए
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्